नेपाली स्पिनर राहुल बिकले ८.२ ओभरमा २ मेडन सहित १५ रन मात्र दिएर ७ विकेट लिएर म्यान अफ द म्याच
काठमाडौं, १५ फाल्गुण (दैनिकी)
नेपालमा भईरहेको आइसीसी वर्ल्र्ड क्रिकेट लिग डिभिजन फाइभमा अन्तर्गतको फाईनलमा खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ। किर्तिपुरको खेल मैदानमा भएको यस खेलमा टस जितेर पहिला व्याटिगं गर्दै अमेरिका ४७.२ ओभरमा १ सय ७२ रन बनाएर अल आउट भएको थियो। १७३ रनको लक्ष पछ्याएको नेपालले सो लक्षलाई ४६.४ ओभरमा ५ विकेट गुमाएर पार गर्दै नेपाल डिभिजन फाइभ बिजेता भएको छ।
आजको खेलको ३५.५ ओभर सम्ममा अमेरिकाले १४१ रन बनाउदाँ २ विकेट मात्र गुमाएको थियो। तर पछी नेपाली स्पिनर राहुल बिकले ८.२ ओभरमा २ मेडन सहित १५ रन मात्र दिएर ७ विकेट लिएर अमेरिकी टोलीला संकटमा पुर्याएको थियो। १७३ को लक्ष पछ्याएको नेपालका प्रारम्भिक व्याट्सम्यानहरुले ८५ रनको साझेदारी गरेर नेपाललाई निकै राम्रो शुरुवात दिएका थिए। यही साझेदारी नेपालको बिजयको आधार बनेको थियो। नेपालको तर्फबाट अनिल मण्डलले ३७, महेश क्षेत्रीले २८, शक्ती गौचनले २३, ज्ञानेन्द्र मल्लले नट आउट रहि २८ तथा महबुब आलमले पनि नट आउट रहि १७ रन बनाएका थिए।
आजै भएका अर्को खेलमा बहरिनले सिंगापुरलाई हराएरको छ। पहिला व्याटिगं गरेको सिंगापुर ४३ ओभरमा १ सय २६ रन बनाएर अल आउट भएको थियो। १२७ रनको लक्ष पछ्याएको बहरिनले सो लक्षलाई ७ विकेट गुमाएर ३५.१ ओभरमा पुरा गरेको थियो।
यस्तै आजै भएका तेस्रो खेलमा जर्सीले फिजीलाई ५ विकेटले हराएको छ। पहिला व्याटिगं गरेको फीजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५८ रन बनाएको थियो। २५९ रनको लक्ष पछ्याएको जर्सीले ४९.१ ओभरमा ५ विकेट गुमाएर सो लक्ष पार गरेको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks