प्रविधिको विकासले प्रेमको आदान प्रदान गर्न सजिलो
यज्ञमूर्ति तिमिल्सिना/पाल्पा २ फाल्ग
पश्चिमा संस्कृतिबाट भित्रिएको भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसमा शुभकामना साटासाट गर्न पाल्पाली युवाहरूलाई भ्याइनभ्याई छ । भ्यालेन्टाइन डेका अवसरमा प्रेमको प्रतिक मानिने नेपालकै ताजमहल रानीघाट, श्रीनगर, भैरवस्थान लगायतका स्थानमा प्रेम साटासाट गर्ने युवायुवतीहरुको ठूलो भीड लागेको छ ।
पहिले पहिले भ्यालेन्टाइन डेमा चिठी वा भेटेरै प्रस्ताव राख्ने वा शुभकामना साट्ने गरिएपनि प्रविधिको विकास क्रमले यो पर्व मनाउन सहज भएको युवाहरू बताउँछन् । पाल्पा मदनपोखराका युवा दामोदर नेपाल बिहानै उठ्नासाथ मोवाइलबाट आफ्नो मनको मान्छेसंग शुभकामना साटेको बताउँछन् । युवाहरूले एसएम एस, मोवाइल जिपिआरएस तथा इन्टरनेटको माध्यमबाट शुभकामना आदान प्रदान गरेको बताउँछन् ।
पाल्पा, स्यांजा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाका एफएम रेडियोले समेत बिहानै देखि प्रेम दिवसका अवसरमा शुभकामना साटासाट गर्ने विविध कार्यक्रमहरू सञ्चाल गरिरहेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks