Loving nepal news

Monday, February 8, 2010

अन्तिममा रोल्पाको दहवनबाट माओबादी अयोग्य लडाकुको बिदाई

दशरथ घिमिरे दाङ २५ माघ

रोल्पाको दहवन स्थित ५ औ डिभीजनमा अनमीनले अयोग्य ठहराएका ४ सय ५० जना लडाकु मध्य २ सय ६८ जनालाई आज विदाई गरिएको छ । उनिहरुलाई आज एक कार्यक्रमको आयोजना गरी घर फर्काइएको हो । विदाई भएर जाने अयोग्य लडाकुहरुलाई अनमीनले प्रति व्यक्ती नयाँ परिचय पत्रका साथै १० हजार रुपैयाँ तथा माओवादीले १२ हजार रुपैयाँ प्रदान गरेको थियो । अयोग्य लडाकु वहिर्गमनका लागि एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल, अनमीन प्रमुख करीन ल्यानग्रेन, माओवादी डेपुटी कमान्डर चन्द्रप्रकास खनाल वलदेव, नन्दकिसोर पुन पासाङ्गका साथै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका राजदुतहरुको पनि सहभागीता थियो ।
बहिर्गमन कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले घर फर्कदै गरेका लडाकुहरुलाई शान्तिप्रक्रिया र नयाँ संबिधान लेखनमा सहयोग गर्न आग्रह गर्नु भयो । उहाँले आफ्नो पार्टीले शान्तिसंझौताको अक्षरसः पालना गरेको दावी गर्दै आफ्ना लडाकुको बहिर्गमनलाई त्यसैको एउटा पक्ष भएको टिप्पणी पनि गर्नुभएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks