राजधानीमा हत्या हुँदा गृहमन्त्रीले वास्ता नगरेको
काठमाडौं, ३ फागुन (दैनिकी)
सञ्चार उद्यमी जमिम शाहको राजधानीमै हत्या भएपछि व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिले गृहमन्त्री भीम रावलसँग सुरक्षा अबस्थाको बारेमा सोमबार जानकारी लिँदैछ ।
समितिले राजधानीलगायत देशभरीको पछिल्लो सुरक्षा अबस्थाको बारेमा सरकारसँग जानकारी लिन लागेको हो । बिहान ११ बजेपछि बस्नै बैठकमा गृहमन्त्री रावलसँग जानकारी लिइने समितिका एक सदस्यले जानकारी दिए ।
गृहमन्त्री रावल सञ्चार उद्यमी जमिम शाहको हत्या हुँदा तिनै सुरक्षा प्रमुखलाई लिएर विदेश भ्रमणमा निस्केका थिए । उनलाई घटना भएको १५ मिनेट भित्रै जानकारी दिए पनि उनले कुनै वास्ता नगरेको सुरक्षा स्रोतले बताएको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरूले जमिम हत्या प्रकरणको विस्तृत योजना, गोली हान्ने व्यक्ति, मोटरसाइकल चालक र सहयोगीहरूको पहिचान गरेको बताइएको छ। प्रहरीले ती सबै व्यक्तिहरूको तस्बिरसहितको विवरण आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks