Loving nepal news

Wednesday, February 10, 2010

संविधानको सामान्य खाकाबारे छलफल

काठमाडौं, २७ माघ (दैनिकी)

नयाँ संविधानको प्रारम्भिक मस्यौदाको खाका तयार पार्न गठन गरिएको उपसमितिले आज संवैधानिक समितिको बैठकमा प्रस्तावनासहितको खाकाबारे छलफल सुरु भएको छ ।
बिहान बसेको समितिको बैठकमा प्रस्तावनासहितको खाकाबारे छलफल सुरु भएको हो । ११ वटै विषयगत समितिले तयार पारेको मस्यौदा अध्ययन गरेर नयाँ संविधानमा कुन कुन विषय राख्ने भन्ने प्रस्तावनासहितको सामान्य खाका उपसमितिले तयार पारेको उपसमितिका सदस्य एकनाथ ढकालले बताउनुभएको छ ।
बैठकमा संविधानको एकीकृत मस्यौदाको खाका तयार पार्न गठन गरिएको उपसमितिले पुरै खाका बनाउनका लागि समय अपुग भएकाले एक हप्ताको समय माग गर्ने बताइएको छ ।
वर्षमान पुनको संयोजकत्वमा रहेको उपसमितिमा सपना मल्ल, रत्न शेरचन, एकनाथ ढकाल, गायत्री शाह, केशव मैनाली, सुनिल प्रजापति, डा. प्रकाशचन्द्र लोहनीलगायत सदस्य रहेका छन् ।
संविधानसभाको पूर्ण बैठकले दिएको सुझाव र निर्देशनका आधारमा संवैधानिक समितिले संविधानको मस्यौदा तयार गर्न सघाउनका लागि उपसमिति गठन गरेको हो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks