Loving nepal news

Saturday, February 27, 2010

बिचित्रका सम्बन्धहरु


काठमाडौं, १५ फाल्गुण (दैनिकी)

बलिउडमा अभिनेता रणबीर कपूर तथा अभिनेत्री दीपिका पादूकोणको चर्चित जोडी टुटिसकेको खबर धेरै अगाडी नै आईसकेको थियो। तर फेरी एक पटक रणबिर कपुरले दिपिकसंग नजिकन चाहेको खबर आईरहेको छ। यसकालागि रणबिरले दिपिकालाई लगातार एसएमएसहरु पठाईरहेका छन्। रणबिरले दिपिकाको पछाडी लाग्नुको मुख्य कारण चाही दिपिकाले शाहिद कपुरमा रुची लिनु रहेछ।
हुन त करिनासंगको सम्बन्ध टुटे देखी शाहिदको नाम अनेकौ अभिनेत्रीहरुसंग जुडिसकेको छ। तर हालै शाहिदको जन्मदिनमा दिपिकालाई शाहिदले निमन्त्रणा पठाएपछी रणबिरलाई पीर पर्न थालेको रहेछ। दिपिका चाही यस सम्बन्धलाई रणबिरले आफ्नो ईच्छाले टोडेकोले फेरी जोडीहाल्ने हत्तारमा छैनन्।
उता शाहिद को पनि चलचित्र 'कमिने'को प्रदर्शन पछी प्रियंका चोपडासंगको सम्बन्ध टुटेको खबर पछी फेरी यो सम्बन्ध जुड्न लागेको खबर छ। शाहिद अमेरिकामा चलचित्रको छाँयाकण गरिरहेकोमा त्यहाबाट प्रियंकासंग घण्टौ फोनमा कुरा गर्न थालेपछी यस हल्लाले बल पाएको छ।
यसैले गर्दा चलचित्र उद्योगमा बिचित्रका सम्बन्धहरु बन्न र टुट्ने गर्दछन।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks