Loving nepal news

Wednesday, February 17, 2010

शाहरुख तथा गौरी भन्दा अभिषेक तथा ऐश्वर्या अगाडी

काठमाडौं, ५ फाल्गुण (दैनिकी)

चलचित्रको दुनियामा जति धेरै नाम तथा काम अमिताभ र जया बच्चन, शाहरुख खान र गौरी को छ त्यती नभएतापनि जोडीको मामिलामा अभिषेक र ऐश्वर्या अगाडी देखा परेको छ। हालै एक सर्वेक्षणमा यस कुराको निर्क्यौला भएको छ। संसार भरका करिब ४ लाख मानिसहरुले यस मतदानमा भाग लिएका थिए।

यस मध्ये ३२ प्रतिशत मतका साथ अभिषेक र ऐश्वर्याको जोडी एक नम्बरमा देखा पर्यो भने २९ प्रतिशत मत ल्याएर शाहरुख खान तथा गौरी दोस्रो तथा २० प्रतिशत मत ल्याएर अमिताभ र जया बच्चनको जोडी तेस्रा भएका छन। यस्तै बलिउडका हर्का हस्ती आमिर खान भने आफ्नो जोडिदार किरण खान संग ४ प्रतिशत मात्र मत पाएतापनि चौथो स्थानमा रहन सफल भएका छन्।

यसबाट आमिर खान राम्रा अभिनेता भएतापनि घरेलु मामिलामा निकै पछाडी परेको छ। यस्तै हालै विवाहको बन्धनमा बाधिएका राज कुंद्रा र शिल्पाको जोडीले पनि ४ प्रतिशत मत राएको छ भने मुन्ना भाई अर्थात संजय दत्त र मान्यताको जोडीले २ प्रतिशत मात्र मत पाएको थियो। शादी डट कमले गरेको यस सर्वेक्षणमा अनेकौ आश्चर्यजनक कुराहरुको समेत खुलासा भएको छ।

यस सर्वेक्षणका परिणाममा वेलेंटाइन सम्बन्धी हाजिरी जवाफमा भागलिने ४२.६४ प्रतिशत मानिसहरुले उनीहरुले प्रेम खेलको रुपमा मात्र गर्ने गरेको बताए। यस बाहेक ४०.५४ प्रतिशत मानिसहरु आफनो जोडीको निकै वास्ता गर्ने गरेको सर्वेक्षणले देखाएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks