राजेश घिमिरे/चितवन, १७ माघ
पुर्व गृहमन्त्री खुमबहादुर खड्काको भनाईको ठिक बिपरित अर्का पुर्व गृह मन्त्री कमल थापाले अन्य दलसँग लड्न युवा दस्ता गठन गर्नु आवश्यक नरहेको बताए । उनले भने, 'माओवादीसँग बैचारिक लर्डाईनै लड्नु पर्छ, मुढेवल प्रयोग गरेर माओवादीसँग लड्ने होईन ।’ खड्काको भनाईको कडा विरोध गर्दै उनले अरु दलको सिको गरेर युवा दस्ता गठन गर्नुभन्दा बरु उनीहरुको युवा दस्तालाई पनि भंग गरेर शान्तिपुर्ण रुपमा बैचारिक संर्घष गर्न आग्रह गरे ।
संयोगनै हुन सक्छ, चितवनमा लगातार दुई दिन पुर्व गृह मन्त्रीहरुको आगमन भयो । त्यो पनि तुलनात्मक रुपमा निकै कडा गृह मन्त्रीमा गनिने गरेका काग्रेश नेता खुमबहादुर खड्का अनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा क्रमसः माघ १५ गते र १६ गते चितवनमा थिए । संयोग पुर्व गृहमन्त्रीहरुको चितवन आगमन मात्र होईन उनीहरुको देश दौडाह पनि हो । खड्का आगामि महाधिबेशनमा सभापतिमा उम्मेदवारी दिन तथा तरुण दस्ता निर्माण गर्न जनमत बटुल्ने उद्देश्यले देश दौडाहमा निस्किए भने थापा संबिधान निर्माणका लागि दवाव दिन थालिएको अभियानको जानकारी गराउन अनी भावि नेपालमा पनि राजसंस्थाको महत्वका बारेमा कार्यकर्तालाई झक्झक्याउन ।
अनी संयोग अर्को पनि पर्यो । यी दुवै पुर्व गृह मन्त्री चितवनको सेन्ट्रल पाल्म होटलमै आयोजित कार्यक्रममा सहभागि बने । अनी यी दुवैको सुरक्षाका लागि पार्टी समर्थक युवाहरु ठुलै संख्यामा खटिएका देखिन्थे । नेताको सुरक्षाका लागि नेपाली काग्रेंसका युवाहरु तुलनात्मक रुपमा बढी देखिए पनि पुर्व गृहमन्त्रीहरुको सुरक्षाका लागि युवा परिचालन दुवैकोलागि भयो । नेपाली काग्रेशको युवा संगठन तरुण दलका कार्यकर्ताहरुले गृहमन्त्री माथि माओवादीले आक्रमण गर्न सक्ने भन्दै स्कर्टिङ्नै गरेको जनायो भने थापाको पार्टी राप्रपा नेपालले भने सुरक्षा आवश्यक रहेकाले युवाहरु सहभागि रहेको जानकारी दियो ।
यता स्थानीय प्रसासनले भने राप्रपा नेपालका थापाका लागि भन्दा काग्रेशका खड्काका लागि बढी सुरक्षा प्रदान गरेको जस्तो देखिन्थ्यो । खड्काको सुरक्षाका लागि ठुलो संख्यामा प्रहरीहरु खटिएका थिए । जसमा जिल्ला प्रहरी कार्यालयका अलवा सशस्त्र प्रहरीको समेत उपस्थिती देखिन्थ्यो । प्रहरी नायव उपरिक्षकनै खड्का रहेको सेन्ट्रल पाल्म होटलमा बारम्बार पुगेका थिए नारायणगढ बजारका बिभिन्न चोकमा ठुलै संख्यामा प्रहरी परिचालित थिए तर थापाका लागि वडा प्रहरी कार्यालय नारायणगढका सिमित सुरक्षाकर्मि परिचालित थिए । यसैलाई आधार मान्दा प्रशासनले पनि थापाको भन्दा खड्को सुरक्षामा बढी कठिनाई देखेछ भन्न सकिन्छ । त्यसोत खड्काले पनि आफुनै माओवादीबाट असुरक्षित रहेको भन्दै तरुण दस्ता नबने सम्म काग्रेशका कार्यकर्ता सुरक्षित नहुने, अनी प्रहरी प्रसासन मुखदर्शक मात्र बनेको आरोप लगाउदै आएका थिए । त्यस कारण पनि प्रसासनले ठुलो संख्यामा प्रहरी परिचालन गरेको हुन सक्छ । खड्का सत्तारुढ दलका नेता भएकै कारण पनि तुलनात्मक रुपमा बढी सुरक्षा दिईएको हुन सक्छ । चितवनबाट खड्का पश्चिम अनी थापा पुर्व तर्फहानिएका छन् । सुरक्षा जे जति भए पनि कडा गृहमन्त्रीको सुचिमा रहेका अनी हालको केन्द्रीय राजनीतिमा वाईपास गरिएका नेताहरुको देश दौडाहलाई अर्थपुर्ण रुपमै हेरिएको छ । पार्टीको केन्द्रीय सदस्य भएर पनि पार्टीले आफुलाई कुनै कार्यक्रममा सहभागि नगराएकोमा रोष प्रकट गर्दै आएका खड्का, अनी राज संस्थाको अन्त्य भए पछि केन्द्रीय राजनीतिमा बलजबस्ति केही पर धकेलीएका थापाको पछिल्लो दौडाहले देशको अवको केन्द्रीय राजनीमा पनि प्रभाव पार्ने हो की -
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks