Loving nepal news

Saturday, February 27, 2010

जातिय आधारमा प्रदेश विभाजन भए मुलुककै लागि दुर्भाग्यपुर्ण हुने

प्रदेश भित्रका स्थानिय संयन्त्रहरुलाई मात्रै जातिय, स्वयत्त, इलाका क्षेत्र र वडामा विभाजन गर्नुपर्ने
सञ्जीव चापागाई,झापा १५ फागुन

नेकपा मालेका महासचिव सीपी मैनालीले जातिय आधारमा प्रदेश विभाजन भए मुलुककै लागि दुर्भाग्यपुर्ण हुने दावि गर्नुभएको छ । जातिय आधारमा प्रदेश विभाजन गर्ने राजनितिक दलहरुको धारणनै गलत भएको वताउदै उहाले दर्जनै जात जाति भएको देशमा सवैको समान प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो ।

संविधान र प्रस्नहरु विषयक एक रेडियो कार्यक्रममा वोल्दै उहाले वैज्ञानिक ढङ्गले प्रदेश निर्माण गरेर प्रदेश भित्रका स्थानिय संयन्त्रहरुलाई जातिय, स्वयत्त, इलाका क्षेत्र र वडामा विभाजन गर्नुपर्ने र त्यसैवाट सवैको प्रतिनिधित्व सुनिस्चित हुने वताउनुभयो ।

शान्ती प्रकृयालाई तार्किक निश्कर्षा पुर्‍यानु र नयाँ संविधान तोकिएकै समयमा जारी गर्नु पर्ने वर्तमान सरकारको मुख्य जिम्मेवारी भएपनि प्रधानमन्त्री माधव कुमार नेपाल भोट वटुल्नमानै व्यस्त भएको आरोप लगाउनुभयो ।

प्रधानमन्त्रीको कार्य शैलिप्रति असन्तुस्ट मैनालीले विभिन्न संवैधानिक पदपुर्ति गर्नुपर्ने अवस्थामा प्रधानमन्त्री झिनामसिना विषयमा अल्झिएको वताउनुभयो। उहाँले तोकिएको समयमा संविधान जारी हुन नसक्ने समेत वताउनुभएको छ । संविधान जारी गर्ने समय नजिकिरहेको वेल महत्वपुर्ण विषय अझै विवादकै रुपमा रहेकाले तोकिएको समयमा जनताले नया संविधान नपाउने अवस्था ऋजना भएको उहाले वताउनुभयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks