Loving nepal news

Thursday, February 11, 2010

मेलामा दुइ करोडको कारोबार

संजय बिश्वकर्मा बुटवल,२७ माघ

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन रुपन्देहीको आयोजनामा भैरहवामा संचालित राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा पर्यटन महोत्सवमा झण्डै दर्ुइ करोड बढीको आर्थिक कारोबार भएको छ । मेला मूल आयोजक समितिका संयोजक मनिषकुमार जोशीका अनुसार सचिवालयका अनुसार मेलाको छैठौं दिनसम्म ७५ हजार दर्शकले अवलोकन गरेको र झण्डै २ करोडको आर्थिक कारोबार भएको छ ।
'स्वाधिन अर्थतन्त्र निर्माणका लागि औद्योगिकरण तथा ब्यापार विविधिकरण’ मूल नाराका साथ सिर्द्धार्थ रंगशालामा माघ २२ गतेदेखि मेला संचालन भैरहेको छ । मेलामा विशेषगरी सूचना प्रविधिसंग सम्बन्धित कम्प्युटर एलसीडी,ल्यापटप,अटोमोबाइल्स,कृषि सम्बन्धी नयां विधि, गार्मेन्ट, घरेलु हस्तकला,इलेक्ट्रोनिक्स, सोलार इनर्जी,इर्न्भर्टर र हर्बल उत्पादनका सामानहरु बढी मात्रामा विक्रि भएको प्रचार संयोजक हेमराज कोइरालाले जानकारी दिनुभयो।
यस्तै बैंक तथा वित्तिय संस्थाहरुले पनि मेलास्थलमै खाता खोलेर रकम संकलन गरिरहेका छन् । यसैबीच मेलामा बुधबार दोहोरी गायिका जमुना राना,पप गायिका योगिता मोक्तानको प्रस्तुति रह्यो भने श्रीनगर दोहोरी समूह पाल्पा र यानीमाया दोहोरी समूह बागलुङबीच दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ । यस्तै फ्युजन र एग्नोस्टिक ब्याण्डले पप संगीत र विभिन्न क्लब र विद्यालयले खुल्ला नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरन्जन दिलाए । सांस्कृतिक कार्यक्रम अर्न्तर्गत आज बिहीबार चर्चित पप गायक निमा रुम्बा,जनवादी गायक जीवन शर्मा,हिमाल शर्मा र दोहोरी गायक विष्णु खत्री र को प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक खिमनारायण पराजुलीले जानकारी दिनुभएको छ । मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक उत्पादन,गार्मेन्ट,अटो,घरेलु तथा
हस्तकला,महिला उद्यम,छालाजन्य ,बैंक तथा वित्तिय संस्थार्,पर्यटन सूचना केन्द्र
लगायतका २ सय ८० स्टल रहेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks