Loving nepal news

Monday, February 1, 2010

माओवादीद्वारा माथिल्लो जलविद्युत परियोजना रोक्न माग

सुरेश गिरी सुर्खेत माघ १९

वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागी एकिकृत माओवादीका नेताहरुले माथिल्लो जलविद्युत परियोजनालाइ रोक्न माग गरेका छन् । भेरी कार्णाली क्षेत्रका जनताको सल्लाह विना अन्तरिम सरकारले भारतीय जिएमआर कम्पनीसंग गरेको सम्झौता खारेज गरिनुपर्ने उनीहरुको माग छ । एकिकृत माओवादी निकट नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको राष्ट्रिय स्वाधिनताको आन्दोलन र माथिल्लो कर्णाली परियोजना विषयक अन्तरक्रियाका सहभागी माओवादी नेताहरुले यस्तो माग गरेका हुन् ।
पिरयोजना संचालनबाट विस्थापित हुने स्थानियवासीको पुर्नस्थापन हुनुपर्ने,परियोजनाबाट हुने क्षेतिको परिपुर्ति गरिनुपर्ने, स्थानियवासीको अग्राधिकार हुनुपर्ने कुराहरु सम्झौतामा नलेखिएकाले परियोजना रोक्न माग गरिएको एकिकृत माओवादीका केन्द्रिय सदस्य डिआर पौडेलले बताउनुभयो । नेपालको जलस्रोतमाथि भारतले एकाधिकार जमाउन खोजेको भन्दै राष्ट्रिय स्वाधिनताकालागि आयोजना रोक्ने उहाँको भनाइ छ ।उहाँले परियोजनबाट उत्पादित विद्युत नेपालमै खपत गरिने गरी आयोजनाको निर्णमा हुनुपर्ने औल्यानुभयो । परियोजना सञ्चालनकालागि नेपाल सरकारले सन २००८मा भारतिय कम्पनीसंग सम्झौता गरिसकेको हुँदा काम हुने निश्चित देखिएको छ । नेपाल पत्रकार महासंघ सर्खेतका अध्यक्ष श्रीधर पौड्यालले माथिल्लो कर्णाली परियोजना सम्झौता भएको २ वर्षपछि मात्रै कुरा उठाएर राष्ट्रियताको नाममा राजनिति गर्ने खोजैको आरोप लगाउनुभयो । करिब ४८ करोड अमेरीकी डलरको लागतमा ३ सय मेगावाट क्षमताको बिद्युत उत्पादन गर्ने लक्ष्यका साथ सरकारले यो आयोजनाबाट बिद्युत आपुर्ति सहज हुने महत्वकांक्षा बोकेको छ । तर माओबादीले भने राष्ट्रियताको सवालमा षडयन्त्र भईरहेको भन्दै भारतिय कम्पनीलाई आयोजनाको ठेक्का दिएकोमा बिरोध जनाउँदै आएको छ। आयोजनाको लागि दैलेखको ल्याटिविन्दासैनीको रामाघाटमा बाँध निर्माण गरिसकिएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks