Loving nepal news

Sunday, February 14, 2010

प्रेम दिवस अर्थात भ्यालेन्टाईन्स डे

काठमाडौं, २ फाल्गुण (दैनिकी)

सेन्ट भ्यालेन्टाईन्सको सम्झनामा हरेक बर्ष फेब्रुअरी १४ को दिन भ्यालेन्टाईन डे मनाउने गरिन्छ। यस दिन आत्मिय मित्र, जोडी, नातेदार बीच एक अर्कालाई प्रेमको सन्देश आदान प्रदान गरी यस दिनलाई मनाउने गरिन्छ। बिशेषत यस दिनमा यस्ता सन्देशलाई ग्रिटिगं कार्ड, गुलाफको फूल, चकलेट, मिठाई तथा अन्य उपहार मार्फत दिने गरिन्छ।

एडी २६९ तिर सेन्ट भ्यालेन्टाईन ख्रिष्टियन भएकोमा उनलाई रोमन राजा क्लडियसले उनलाई धर्म परिवर्तनका लागि प्रयास गर्दा सो मा राजा असफल भएपछी उनलाई झुण्डाइएको थियो। उनलाई झुण्डाइनु अगाडी जेलमा उनले जेलरको अन्धी छोरीलाई मन पराएका थिए भन्ने गरिन्छ। उनले उक्त अन्धी केटीको आँखा ठिक पारीदिएका थिए।

त्यती बेलाका साशकहरुले सैनिकहरु बिवाहित भएमा कमजोर हुने भएकोले उनीहरुको बिवाहमा प्रतिवन्ध लगाएको थियो। तर सेन्ट भ्यालेन्टाईनले लुकेर ठुलो मात्रामा सैनिकहरुको बिवाह गराईदिने गर्थे। यो कुराको चाल पाए पछि उनलाई रोमन राजा क्लडियसले जेलमा हालेका थिए। जेलमा रहँदा उनले उक्त अन्धी केटीलाई एउटा प्रेम पत्र लेखेका थिए, उक्त पत्रको अन्तमा उनले तिम्रो भ्यालेन्टाईन भनेर लेखेका थिए।

पछि यिनै सेन्ट भ्यालेन्टाईनको याँदमा भ्यालेन्टाईन्स डे मनाउन शुरु गरेका थिए। बिस्तारै यस दिनलाई मानिसहरुले प्रेम दिवसमा परिवर्तन गर्दै लगेकोमा आजकाल धेरैले उनलाई बिर्सिसकेको भएतापनि यस दिनलाई प्रेमी प्रेमिकाहरुले भव्य रुपमा मनाउने गर्छन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks