Loving nepal news

Saturday, February 13, 2010

गृहमन्त्रीजी सुरक्षा प्रमुखहरुसहित फर्कने

-देशभित्र दिनदहाडै गोलीकान्ड -गृहमन्त्री घुमघाममै व्यस्त
काठमाडौं, २९ माघ (दैनिकी)

एक हप्त्ताको चीन भ्रमण सकी गुहमन्त्री भिम रावल आज स्वदेश फर्कदै छन् ।
गृहमन्त्री रावल आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
तीन वटै सुरक्षा प्रमुखहरुको साथमा गृहमन्त्री रावल आज राति ११ बजेपछि काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। चीन भ्रमणमा रहेका गृहमन्त्री भीम रावलले हत्या भएको १५ मिनेटमै जानकारी पाए पनि उनले भ्रमणलाई नै महत्वपूर्ण ठाने ।
३ वटै सुरक्षा निकायका प्रमुखका साथ गत शनिबार त्यसतर्फ गएका गृहमन्त्री रावलले त्याँहा रहदा चिनीयामन्त्रीहरु र सुरक्षा निकायका प्रमुख लगायतका अधिकारीहरुसँग भेटवार्ता गरेका थिए । उनले फोनबाट जानकारी पाए पनि कुनै वास्ता नगरेको सुरक्षा स्रोतले बतायो ।
भ्रमणका क्रममा सिमा सुरक्षा आपसी सहयोग अभिबृद्दी सुरक्षा निकायलाई उपलब्ध गराउने सहयोग तथा तालिम लगायतका बिषयमा छलफल भएको जनाइएको छ ।
भ्रमणको क्रममा गृहमन्त्री रावलले वेइजिङ महानगरको सुरक्षा कवचको अवलोकन गर्नुका साथै महानगरीय सुरक्षाको अवस्था र आवश्यकको बारेमा पनि छलफल गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks