काठमाडौं, २२ माघ (दैनिकी)
संविधान निर्माण प्रकृया आजदेखि नयाँ चरणमा प्रवेश गरेको छ । बिषयगत समितिका प्रतिवेदनमाथी संविधानसभामा छलफल सकिएपछि संवैधानीक समितिले आजदेखि सम्पुर्ण मस्यौदा एकिकृत गरि मस्यौदा लेखन सुरु गर्न लागेको हो । समितिको कार्यकक्ष सिंहदरबरमा जारी बैठकमा प्राकृतिक स्रोत अर्थिक अधिकार तथा राजस्व बाडफाड समितिको प्रतिवेदन माथि छलफल हुने समिति सभापति निलाम्बर आचार्यले जानकारि दिनुभयो ।
गत जेठ महिनामै सकिनुपर्ने विभिन्न ११ बिषयगत समितिको प्रतिवेदनमाथीको छलफल साढे सात महिना ढीलो गरी हिजो मात्रै सकिएको थियो । विषयगत समितिले समयमै मस्यौदा प्रतिवेदन बुझाउन नसक्दा पटक-पटक संविधान लेखन कार्यतालिका परिवर्तन हुदै आएको थियो । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले संविधान निर्माण प्रकि्रर्याको नयाँ चरण सुरु हुनुलाई र ऐतिहासिक भनि टिप्पणी गर्नुभएकोछ
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks