Loving nepal news

Tuesday, February 2, 2010

"प्रचण्डको शिक्षा र अस्तित्वको विकासमा भारतको अहम

नेपालगन्ज २० माघ (दैनिकी)

एक जना भारतीय नेताले नेपालका माओवादीले चीनको प्रतिनिधित्व गरिररहेको बताएका छन् । भारतको उत्तर प्रदेश कांग्रेस संसदीय दलका संयोजक सांसद विनय कुमार पांडेयले बहराइचमा नेपालका माओवादीले चीनको प्रतिनिधित्व गरिरहेको बताएको जागरणले छापेको छ ।
ती नेताले नेपालको पांच हजार वर्गकिलोमीटर जमीनमाथि चीनले कब्जा गरे पनि माओवादीले यसबारे कुनै चिन्ता व्यक्त नगरेको भन्दै "उनीहरुले चीनको इशारामा यस्तो अवस्था तयार गर्दैछन यदि चीनले नेपालमाथि कब्जा गर्न लाग्यो भने नेपालको मद्दत गर्न केही नआओस्" भन्ने आरोप लगाए ।
पांडेयले सीमावर्ती क्षेत्रमा नेपाली माओवादीका गतिविधि चिन्ताको विषय भएको भन्दै माओवादीको गतिविधिले नेपालको लोकतंत्रमाथि खतरा उत्पन्न गर्न लागेको बताए ।
पांडेयले माओवादी नेता प्रचण्डको भारत विरोधी अभियानको भ‌र्त्सना गर्दै भने- प्रचण्डले यो कुरा भूल्नु हुँदैन उनको शिक्षा र अस्तित्वको विकासमा भारतको अहम योगदान छ । जागरणमा प्रकासित समाचारअनुसार प्रचण्डको शिक्षा बलरामपुरको एमएलके डिग्री कलेजमा भएको थियो भने उनी त्यहीँ हुर्की बढेका हुन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks