रोहित कुमार मण्डल लहान, २९ माघ
तरकारीको बिक्री मुल्य निर्धारण गर्ने निकाय नहुदा सिरहा जिल्लाका बजारमा चर्को मल्यमा उपभोक्ताहरु दैनिक उपयोग वस्तु तरकारी किन्न बाध्य रहेका छन् । तरकारी उत्पादन हुने सिरहामा व्यापारीहरुले तरकारीको मुल्य आफै निर्धारण गरि ब्रि्री गर्दै आएकाले उपभोक्ताहरु चर्को मुल्यमा तरकारी किन्न बाध्य भएका हुन् । मुल्य निर्धारण निकाय नहुदा तरकारीको बजार अनुसार एक रुपता छैन् । एक देखि अर्को बजारमा मुल्य फरक पर्दा उपभोक्ताहरु दैनिक उपभोग वस्तु तरकारीमा चर्को मुल्यमा खरिद गर्न बाध्य रहेका छन् ।
एउटा बजारमा ३० रुपैया किलोगा्रम पाइने प्याज अर्को बजारमा ३५ देखि ४० रुपैया पर्ने गरेको लहान निवासी धुव्र सुवेदीले बताए । उपभोक्ता सुवेदीका अनुसार सात दिन भित्र बजारमा तरकारीको मुल्य फेरवदल भईरहेको हुन्छ ।
कृषि विकास कार्यालय सिरहाको तथ्यांक अनुसार लहान नगर पालिकामा दुइ तरकारी बजार छन् भने जिल्ला भरिमा तीन दर्जन गा्रमीण हाट बजार लाग्छन् । ती बजारहरुमा तरकारीको मुल्यमा एकरुपता छैन ।
कृषि विकास कार्यालय सिरहाका अनुसार, कार्यालयले तरकारी बजारमा चालु दररेट १५ । १५ दिनमा लिने गरेपनि मुल्य निर्धारण गर्ने निकाय नएकाले उपभोक्ताहरु यस्तो मारमा परेको बताए । कार्यालयका अनुसार, जिल्लाम बिर्तामोड, भैरवा, मकवानपुर, लगायतका क्षेत्रबाट जिल्लामा तरकारी भित्रिने गरेको छ भने यहाबाट पनि काठमांडौं लगायतका मुलुकका विभिन्न क्षेत्रमा मौसमी र बेमौसमी तरकारी निर्यात हुने गरेको छ । अधिकांश यहाका बजारमा स्थानिय कृषकहरुद्धारा तरकारी बिक्री हुदै आएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks