Loving nepal news

Saturday, February 13, 2010

बिवाह समारोहमा झडप

छ महिने नवजात शिसुको मृत्यु
गिरिराज पंगेनी भैरहवा १ फागुन

रुपन्देहीको धकधई गाबिस स्थित एक घरमा बिवाह समारोह चल्दै गर्दा नाचगानको बिषयलाई लिएर आज बिहान भएको झडपमा एक नवजात शिसुको मृत्यु भएको छ ।
स्थानिय मातृका यादवको घरमा उनकी छोरीको बिबाहमा रुपन्देहीकै सेमरहवाबाट गएका जन्तीहरुका लागी गरीएको नाचगानमा बिहान ५ बजेतिर एक्कासी बिबाद भएपछि भएको झडपमा मिरा यादवकी ६ महिनाकी छोरी जोतिमा यादवको किचियर मृत्यु भएको हो ।
भारत उत्तर प्रदेश पिपिगञ्जबाट बिबाहमा सहभागी हुन आएकी मातृकाकी नातेदार मिरा यादवकी सुतिरहेकी ६ महिनाकी छोरीलाई भिडले किच्दा उनको ज्यान गएको धकधई प्रहरीले जनाएको छ । प्रहरीले आबस्यक अनुसाधानका लागी स्थानीय राकेश मिश्रा र पाकज मिश्रालाई नियन्त्रणमा लिएको जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks