Loving nepal news

Saturday, February 20, 2010

लडाकूको भत्ता रोके जनविद्रोहः भट्टराई

काठमाडौं, ७ फागुन (दैनिकी)

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराइले शिविरमा रहेका माओवादी लडाकुको तलब भत्ता रोकिए त्ययसको कडा प्रतिवाद गर्ने बताउनु भएकोछ । सरकारले लडाकुको तलबभत्ता रोक्ने तयारी गरिरहेको भन्ने समाचार सार्वजनिक भैरहेका बेला आज विहान अनमिन प्रमुख करिन ल्यानग्रेनसंग भएको भेटमा उपाध्यक्ष भट्टराइले लडाकुको तलबभत्ता रोक्नु शान्ति सम्झौता विपरित हुने भन्दै यस्ता गतिविधि आफूहरुलाई मान्य नहुने बताउनुभएको हो ।
भेटमा अन्मीन प्रमुख ल्यानग्रेनले सविधान निर्माण अगाडि माओवादी जनसेनाको समायोजन हुन नसक्ने भन्ने माओवादी अभिब्क्तीका विषयमा जिज्ञासा राख्नुभएको थियो । जवाफमा उपाध्यक्ष भट्टराइले सेना समायोजन र संविधान निर्माण एक अर्कामा अन्तर सम्बन्धीत विषय भएकाले यि दुवै संगसगै अगाडि बढ्नुपर्ने पार्टिको धारणा रहेको स्पष्ट पार्नुभएको थियो ।
भेटमा अन्मीन प्रमुख ल्यानग्रेनले माओवादी अयोग्य लडाकुको बर्हिगम प्रकृया सफलता पुर्वक सम्पन्न भएको खुशि ब्यक्ती गर्नुभएको थियो । उहाले बर्हिगमन प्रक्रियाको सफलताले सेना समायोजन र ब्यवस्थापनमा सकारात्मक र रचनात्मक प्रभाव पार्ने धारणा राखेको जनाइएकोछ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks