Loving nepal news

Wednesday, February 24, 2010

राजनीतिक संयन्त्रको बैठक आज फेरी बस्दै

सेनापति विवाद बारे मस्यौदा राख्ने भाषामा हिजो कार्यदलका सदस्यहरु बीच मतभेद भएपछी बैठकनिश्कर्ष विहिन भएको थियो
काठमाडौं, १३ फागुन(दैनिकी)

राजनीतिक गतिरोध अन्त्यका लागि बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ ।
संयन्त्रका संयोजक तथा नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निवास महाराजगन्जमा बस्ने बैठकमा साझा सङ्कल्प प्रस्तावमा सहमति जुटाउने विषयमा छलफल हुने बताइएको छ ।
साझा संकल्प प्रस्ताव तयार पार्ने म्मिमेवारी पाएको ३ दलीयकार्यलदले आजको बैठकमा आफ्नो कुरा राख्ने एमाले सचिब तथा कार्यलदका सदयसदस्य युवराज ज्ञवालीले जानकारी दिनुभयो ।
सेनापति विवाद बारे मस्यौदा राख्ने भाषामा हिजो कार्यदलका सदस्यहरु बीच मतभेद भएपछी बैठकनिश्कर्ष विहिन भएको थियो । तीन दलीय कार्यदलले साझा संकल्प प्रस्तावको टुंगो लगाउने जिम्मा संयन्त्रलाई नै दिएको हो ।
संयन्त्रका संयोजक गिरिजाप्रसाद कोइरालालाई बैठक बोलाउन आग्रह गरिएको कार्यदलका सदस्यहरुले बताएका छन् । कार्यदलमा सहमति जुट्न नसक्ने भएपछि शिर्ष तहमा नै छलफल चलाउन भनिएको कार्यदलका सदस्य भरतमोहन अधिकारीले जानकारी दिनुभएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks