काठमाडौं, २३ माघ (दैनिकी)
बेलायती सेनाका सेनाध्यक्ष जनरल सर डेभिड जुलियन रिचार्डस नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज अपरान्ह काठमाडौं आईपुग्नु चएका छन्। उहाँलाई त्रिभूवन अन्तरराष्ट्रिय बिमानस्थलमा रथी श्री तोरण जंग बहादुर सिंहले स्वागत गर्नु भएको थियो ।
सर डेभिड जुलियन रिचार्डस प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको औपचारिक निमन्त्रणामा नेपाल आउनु भएको हो । आजै उहाँ पोखरा स्थित बृटिश गोर्खा क्याम्पतर्फ प्रस्थान गर्नु भई ब्रिटिश गोरखा, पोखरा र एरिया वेल्फेयर सेन्टर, कास्कीले आयोजना गर्ने बिबिध कार्यक्रमहरुमा सरिक हुनु हुनेछ । ती कार्यक्रमहरुको समाप्तीपछि उहाँ भोलि काठमाण्डौं फिर्ता हुनु हुनेछ ।
सर डेभिड जुलियन रिचार्डस नेपाल भ्रमण गर्नुहुने नवौँ बेलायती सेनाध्यक्ष हुनुहुन्छ । सर इडविन ब्रामल १९८२ मा नेपालको औपचारिक भ्रमण गर्ने पहिलो बेलायती सेनाध्यक्ष हुनुहुन्छ । यसैगरि, प्रधानसेनापति महारथी श्री सुरेन्द्र बहादुर शाह बेलायतको औपचारिक भ्रमण गर्ने पहिलो नेपाली प्रधानसेनापति हुनुहुन्छ । उहाँले मे १९६६ मा बेलायतको भ्रमण गर्नु भएको थियो । हालसम्म नेपाली सेनाका नौ जना प्रधानसेनापतिहरुले बेलायतको भ्रमण गरीसक्नुभएका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks