संवैधानिक राजतन्त्र संघीयता र धर्मनिरपेक्ष राज्य बारे जनमत संग्रह गर्नुपर्ने लगायत माग
काठमाडौं, १० फागुन (दैनिकी)
जनआन्दोलन २ मा तत्कालीन राजा ज्ञानेन्द्रका मुख्य सहयोगीको भुमिका निर्बाह गरेका कमल थापाको दल राप्रपा नेपालले आज उपत्यका बन्द आह्वान गरेको छ । संवैधानिक राजतन्त्र संघीयता र धर्मनिरपेक्ष राज्य बारे जनमत संग्रह गर्नुपर्ने लगायत माग राख्दै राप्रपा नेपालले आज एक दिने उपत्यका बन्द आह्वान गरेको हो ।
राप्रपा नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले १४ जेठमै संविधान जारी गर्न तथा महंगीविरुद्ध पनि बन्द गरिएको बताउनुभयो । बन्दले काठमाडौं उपत्यकामा प्रभाव परेको छ । सार्वजनिक यातायातका साधन चलेका छैनन् भने मुख्य-मुख्य बजार पनि बन्द छन् । तर निजी गाडीहरु भने संचालनमा आएका छन् । भित्री भागमा फाट्टफुट्ट रुपमा मोटरसाइकल र ट्याक्सी चलेका देखिन्छन् ।
राप्रपाका कार्यकर्ताहरु राजधानीका केहि ठाँउमा विहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले न्दको अवज्ञा गरेको भन्दै राप्रपा नेपालका कार्यकर्ताहरुले कलङ्की, चाबहिल, बल्खु, गौशाला, कोटेश्वरलगायत स्थानमा केही गाडीहरुमा तोडफोड गरेका छन् । गोङ्गबु चोकमा बन्दकर्ताहरुले प्रहरी भ्यानमा आक्रमण गरेका छन् । तोडफोडमा संलग्न २ सय राप्रपा कार्यकर्तालाई प्रहरीले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ ।
उपत्यकाका ठाउँ-ठाउँमा बिहानैदेखि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बन्द सफल पार्न राप्रपा नेपालले विभिन्न जिल्लाबाट कार्यकर्ता राजधानी भित्राएको छ । बन्दको पूर्वसन्ध्यामा उसले काठमाडौं उपत्यकामा हिजो साँझ मसाल जुलुस निकालेको थियो ।
यसैबीच राप्रपा नेपालको बन्दका कारण आज बस्ने भनिएको माओबादी केन्द्रिय समितीको बैठक पनि प्रभावित भएको छ । केन्द्रिय समितीका सदस्यहरु बैठक स्थल जान नसकेपछि बैठक भोली सम्मका लागि स्थगीत गरिएको पोलिट्व्युरो सदस्य धर्मेन्द्र बास्तोलाले जानकारी दिनुभयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks