Loving nepal news

Thursday, February 25, 2010

फूंक-२ एक्लै नहेर्नुहोला


काठमाडौं, १४ फागुन (दैनिकी)

निर्देशक रामगोपाल वर्माले आफ्नो चलचित्र फूंक प्रदर्शन गरेको बेला कुनै मानिसले सो चलचित्र नडराइकन एक्लै हेर्न सकेमा ८ लाख रुपैया दिने घोषणा गरेका थिए। यस पुरस्कारलाई जितेन कैयन मानिसहरुले प्रयास गरेकोमा कसैले पनि आँधा घण्टा भन्दा बढी समयसम्म उक्त चलचित्र हेर्न सकेनन्।
उक्त चलचित्र फूंकको दोस्रो भाग फूंक-२ अप्रैल महिना प्रदर्शनहुदै छ, यसका लागी पनि चलचित्रका निर्माताले उक्त पुरस्कार दिने घोषणा गरेको छ। यस पटक १८ खेखी ६० बर्ष सम्मको मानिसले यस पुरस्कारकालागि प्रयास गर्न सक्ने तथा यस पटक उक्त व्यक्तीलाई डर लागेको वा नलागेको भनेर बैज्ञानिक तरिकाले जाच्ने भएको छ।
एक्लै चलचित्र हेर्ने व्यक्तीको मसटुको धड्कण तथा पल्सबाट जाच्ने तथा केमराले उक्त मानिस सुतेको त छैन भनेर हेर्ने भएको छ। कुनै पनि व्यक्तीले साधारण अवस्थामा रहेर नै उक्त चलचित्र हेर्न सकेको खण्डमा उक्त पुरस्कार दिने भएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks