Loving nepal news

Monday, February 15, 2010

थ्री इडियट्स भन्दा माइ नेम इज खान अगाडी


काठमाडौं, ४ फाल्गुण (दैनिकी)

बलिउडका बादशाह शाहरूख खानको नँया चलचित्र माई नेम इज खानले बलिउडको अहिले सम्मकै किर्तिमानलाई भंग गरेको छ। यस अघि हालै मात्र प्रदर्शन भएको आमिर खानको चलचित्र थ्री इडियट्सले बलिउडको ईतिहाँसमा कमाईको हिसाबले सबै किर्तिमानलाई भंग गरेको थियो। तर अब यो किर्तिमानलाई किंग खानको चलचित्रले तोडेको छ।
माई नेम इज खानले प्रदर्शनको पहिलो दिनमानै ४० करोड रूपैयाँ कमाएको थियो। यसले अंतर्राष्ट्रीय स्तरमा यति कमाई गर्यो की जुन थ्री इडियट्सले पनि गर्न सकेको थिएन। यस चलचित्रले थ्री इडियट्स भन्दा तीस प्रतिशत बढी कमाएको दावी गरेको छ।
फक्स स्टार ले निकालेको बिज्ञप्तीमा शाहरूख खानको माई नेम इज खानले छ हफ्तामा आमिरको थ्री इडियट्सले राखेका सबै किर्तिमानहरुलाई भंग गर्ने दावी गरेको छ। फक्सका अनुसार यस चलचित्रको अत्याधिक माग बढेकोले निकै नँया प्रिंट बनाएर पठाउनु परेको तथा यसले २५ वटा नँया बजार समेत निर्माण गरेको बताए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks