Loving nepal news

Sunday, February 21, 2010

प्रधानमन्त्री र कांग्रेस सभापतिबीच भेट

संविधान जारी हुनु अघि नै माओवादी सेना समायोजन गर्न सहमति,कोइराला वर्तमान सरकारको निरन्तरताको पक्षमा
काठमाडौं,९ फागुन (दैनिकी)

सेना समायोजननलगायतका विषयमा छलफल गर्न नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र प्रधानमन्त्री माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । भेटमा माओवादी जनसेनाको समायोजनपछि मात्रै नयाँ संविधान जारी गर्ने सहमति सभापति कोइराला र प्रधानमन्त्री नेपालबीच भएको छ । कोइराला निवासमा भएको भेटका क्रममा सभापति कोइरालाले वर्तमान सरकारको निरन्तरताको पक्षमा आफू रहेको भन्दै एमाले भित्र सरकार विरोधी कुरा आइरहेकोप्रति ध्यानाकर्षा गराउनु भएको थियो । प्रेस चौतारी नेपालको नवनिर्वाचित कार्यसमितिसँगको भेटमा प्रधानमन्त्री नेपालले संविधान जारी गर्नु अघि सरकार परिवर्तनको कुरा गर्न नहुने सभापति कोइरालालले बताउनुभयो जानकारी दिनुभयो । यसैबीच प्रधानमन्त्री नेपालले शान्ति प्रक्रिया निष्कर्षा पुर्‍याई तोकिएकै समयमा संविधान जारी हुनेमा आशंका नगर्न सबैलाई आग्रह गर्नुभयो । तर त्यसका लागि एकीकृत नेकपमा माओवादी बढी प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । प्रेस चौतारीको कार्यसमितिसँगको भेटमा उहाँले सेना समायोज विशेष समितिले बनाएको ११२ दिनको कार्ययोजना अर्न्तर्गत गरिने कामहरु निकै अगाडि बढिसकेकाले संविधान जारी हुनु अघि नै सेना समायोजन भइसक्ने बताउनुभयो । विशेष समितिले गठन गर्ने सचिवालयका लागि माओवादीको तर्फबाट मात्र नाम आउन बाँकी रहेको भन्दै त्यसपछि सबै शिविरहरुमा सदस्यहरु जाने गरी तयारी भइरहेको समेत बताउनु भएको प्रेस चौतारीको टोलीमा सहभागी एक पत्रकारले जानकारी दिनुभयो । पे्रस चौतारीको तर्फबाट नवनिर्वाचित अध्यक्ष गगन विष्टले पत्रकारहरुको समस्या, न्यूनतम पारिश्रमिक अझै कार्यान्वयन नभएको, तोकिएको समयमा संविधान जारी गर्नुपर्नेलगायतका विषय समेटिएको ६ बुँदे ज्ञापनपत्र प्रधानमन्त्री नेपाललाई बुझाउनु भएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks