अमेरिकाले नेपाललाई ५ विकेटले पराजित गर्यो
काठमाडौं, १४ फाल्गुण (दैनिकी)
नेपाली समाचार माध्यमहरुले नेपाल फाईनलबाट पुग्न बञ्चित भनेकोमा क्रिकेट ईन्फोको अंकतालिका अनुसार नेपाल दोस्रो भई फाईनलमा पुगेको देखिन्छ। क्रिकेट ईन्फोको उक्त अंकतालिका दैनिकीको मुख्य तस्विर नं १ मा राखिएको छ। जस अनुसार अमेरिका, नेपाल तथा सिंगापुरको समान ८ अंक भएकोमा नेट रन रेट अनुसार अमेरिकाको +१.३७१, नेपालको १.३५१ तथा सिंगापुरको १.३४७ रहेछ। यस खबर अनुसार नेपाल डिभिजन ५ बाट ४ मा पनि पुगेको देखिन्छ।
नेपालमा भईरहेको आइसीसी वर्ल्र्ड क्रिकेट लिग डिभिजन फाइभमा अन्तर्गतको खेलमा अमेरिकाले नेपाललाई ५ विकेटले पराजित गरेको छ। किर्तिपुरको खेल मैदानमा भएको यस खेलमा टस जितेर पहिला व्याटिगं गर्दै नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाएको थियो। १६३ रनको लक्ष पछ्याएको अमेरिकालाई खेलको अन्त तीर दर्शकहरुबाट खेलमा व्यवाधान गरेपछी ४६ ओभरमा १५७ को नँया लक्ष दिईएको थियो। खेलमा व्यवाधान भएको समय सम्म अमेरिकाले ५ विकेट मात्र गुमाएर १५० रन बनाई सकेको थियो। अन्तमा अमेरिकाले पाएको नँया लक्ष लाई ३३.३ ओभरमा ५ विकेट गुमाएर अमेरिका फाईनलमा प्रवेश गरेको छ।
आजै भएका अर्को खेलमा सिंगापुरले जर्सीलाई २६ ओभरमा नै हराएरको छ। जर्सीले पहिला व्याटिगं गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९२ रन बनाएको थियो। १९३ रनको लक्ष पछ्याएको सिंगापुरले सो लक्षलाई ३ विकेट मात्र गुमाएर २६ ओभरमा पुरा गरेको थियो।
यस्तै आजै भएका तेस्रो खेलमा बहरिनले फिजीलाई ९५ रनले हराएको छ। पहिला व्याटिगं गरेको बहरिनले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७६ रन बनाएको थियो। २७७ रनको लक्ष पछ्याएको फिजी ३९.३ ओभरमा १८१ रन बनाएर अल आउट भएको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks