Loving nepal news

Monday, February 15, 2010

लखन थापालाई प्रथम सहिद घोषणा गर्न जोडदार माग

यज्ञमूर्ति तिमिल्सिना/पाल्पा ३ फागुन

सहिद लखन थापामगरलाई नेपालको प्रथम शहिद घोषणाको लागि सरकारसँग पाल्पाका मगरहरुले जोडदार माग गरेका छन् । १३३ औ लखन स्मृति दिवस पारेर नेपाल मगर बिद्यार्थी संघ केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष रेखीराम रानामगरले पाल्पाको तानसेनमा आयोजित एक कार्यक्रममा बोल्दै राज्यले नेपालका प्रथम सहिद लखन थापालाई प्रथम सहिद घोषणा वास्तबिक सहिदको सम्मान गर्न नसकेमा दुख ब्यक्त गरेका छन् । रानामगरले राज्यले लखन थापामगर परिबर्तनको बाटो देखाउने मार्गदर्शक भएपनि सहिदको उपयुक्त स्थान दिन नसकेको बताए।
कार्यक्रममा मगरहरुले थापालाई प्रथम सहिद घोषणा गर्न माग गर्दै नाराबाजी समेत गरेका थिए। उनीहरुले सहिद लखन थापामगरलाई प्रथम सहिद घोषणा गर, सम्पूर्ण सहिदहरुलाई उचित सम्मान गर, बास्तबिक शहिदहरुको पहिचान गर, फागनु २ गतेलाई प्रथम शहिद लखन स्मृति दिवस घोषणा गरी सर्बाजनिक विदाको ब्यबस्था गर, सहिद गेटमा प्रथम सहिदको प्रतिमा स्थापना गर जस्ता नाराहरु लगाएका थिए। कार्यक्रममा नेपाल मगर संघ, पाल्पा, नेपाल मगर बिद्यार्थी संघ, नेपाल मगर महिला संघ, नेपाल युवा संघ लगायतका मगर संघसंस्थाहरुको सहभागिता रहेको थियो। यसैबीच १३३ औ मगर स्मृति दिवसको सन्दर्भमा नेपाल मगर संघ पाल्पा, मगर बिद्यार्थी संघ, नेपाल आदिवासी विद्यार्थी महासंघ, नेपाल मगर महिला संघ पाल्पाले प्रेश विज्ञप्ति निकाली सहिद लखन थापामगरलाई प्रथम शहिद घोषणा गर्न र सोहि अनुसार सम्मान गर्न सरकारसंग माग गरेको छ। तानाशाही राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने अभियानमा सक्रिय भई नेपाली जनतालाई प्रजातान्त्रिक चेतनाको बिजारोपण गरेका कारण बि.सं १९३३ फागुन २ गते सहिद लखन थापालाई तत्कालिन राणा शासकहरुले गोरखाको बुङकोटमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks