सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा वाईसिएलका कार्यकर्ताहरुको घेराउ
काठमाडौं, ८ फागुन (दैनिकी)
शुक्रबारदेखी पृथ्वी राजमार्गमाको धाडिगं क्षेत्र तनाव ग्रस्त भएको छ। सशस्त्र प्रहरीको तीन वटा गाडीमा हतियार ल्याउन लागेको आरोपमा माओवादी कार्यकर्ताहरुले पृथ्वी राजमार्गमाको धाडिगंमा ती गाडीहरु रोके पछी तनाव शुरु भएको थियो। भैरहवाबाट काठमाण्डौ तर्फ आउँदै गरेका उक्त गाडीहरुमा हतियार रहेको माओवादीको दावी रहेको छ। सरकारले शान्ती सम्झौता बिरुद्ध भारतबाट हतियार ल्याएर गृह युद्ध निम्त्याउन खोजेको आरोप माओवादी लगाएको छ।
हतियार रहेको आशंका गरिएका उक्त गाडीहरुलाई माओवादी संसदहरु सहितको जमातले काठमाण्डौ पस्ने थानकोट नाकामा समेत रोक्ने प्रयास गरेको थियो। तर प्रहरीले उक्त स्थानलाई लाठी चार्ज गरी आफ्नो नियन्त्रणमा लिएर उक्त गाडीहरु काठमाण्डौ भित्र्याई सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा राखिएका छन्। उक्त लाठी चार्जमा माओवादीका सभासदहरु सहित कैयन कार्यकर्ताहरु घाईते भएका छन। अहिले सशस्त्र प्रहरीको मुख्यालय हलचोकलाई वाईसिएलका कार्यकर्ताहरुले घेराउ गरीराखेकोले त्यस क्षेत्र तनावग्रस्त रहेको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks