महाराष्ट्रमा यस चलचित्रको प्रदर्शन तथा बिरोधमा दुई राजनैतिक पार्टीहरु लागे पछी यस चलचित्रको भविष्य अन्यालोमा
काठमाडौं, २७ माघ (दैनिकी)
उता अभिनेता शाहरूख खानका अनुसार उनको यस चलचित्रको विषय धर्म तथा राजनीति भएतापनि उसले दर्शकहरुलाई पुर्ण मनोरंजन दिनेछ। उनले यस चलचित्रको प्रचारका समय यस चलचित्र मनोरंजनका अलावा खास सन्देश समेत दिने बताएका थिए। यस चलचित्र गहन बिषयमा बनेको भएता पनि करण जौहर तथा काजोल जस्त व्यवसायिक मानिसहरुका कारण यसलाई कला भन्दा व्यवसायिक चलचित्र बन्न मद्यतगार भएको छ। २००१ मा प्रदर्शित कभी खुशी कभी गम पछी यस चलचित्रमा फेरी एक पटक करणको निर्दशनमा शाहरूख र काजोल देखापर्न लागेका हुन।
आईपीएलमा पाकिस्तानी खेलाडीहरुले पनि खेल्न पाउनु पर्छ भनेर शाहरूख खानले बयान दिए पछी मराठी पार्टी शिवसेनाका कार्यकर्ताहरुले शाहरूख खानको बिरोधी प्रदर्शन गरेका थिए। शाहरूख भारत फर्के पछी शिवसेनाको बिरोध केही शान्त भएको थियो। तर एकाएक फेरी एक पटक उनको बिरोध शुरु भएको छ।
हालै शिवसेनाका वरिष्ठ नेता मनोहर जोशीले शाहरुखले माफी नमागेसम्म यस चलचित्रको महाराष्ट्रमा प्रदर्शन हुन नदिने धम्की दिएको छ। यसले गर्दा उनको चलचित्र माई नेम इज खानको प्रदर्शन शंकास्पद देखिएको छ। महाराष्ट्रमा यस चलचित्रको प्रदर्शन तथा बिरोधमा दुई राजनैतिक पार्टीहरु लागे पछी झन यस चलचित्रको भविष्यमा ठुलो प्रश्न चिन्ह लाग्न थालेको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks