काठमाडौं, १० फागुन (दैनिकी)
जयपुरमा भएको भारत तथा दक्षिण अफ्रीका बीचको पहिलो एक दिवसिय क्रिकेटमा भारतले दक्षिण अफ्रीकालाई एक रनले हराएर १-० ले अग्रता लिएको छ। टस जितेर पहिला फिल्डिंग गएको दक्षिण अफ्रीकाले भारतलाई २९८ रनमा रोकेको थियो। २९९ रनको लक्ष्य पक्ष्याएको दक्षिण अफ्रीका अन्तिम बलमा २९७ रन बनाएर अल आउट भएको थियो। भारतका रवींद्र जडेजा (२ विकेट तथा २२ रन) लाई उनको अलराउंड खेलका लागि ‘मैन अफ द मैच’ घोषणा भएका थिए।
भारतका लागि वीरेंद्र सहवाग (४६), दिनेश कार्तिक (४४),रैना (५८), विराट कोहली (३१), रवींद्र जडेजाले २२ तथा यूसुफ पठानले १८ रन बनाएका थिए। दक्षिण अफ्रीकाको तर्फवाट कालिसले ३ विकेट लिएका थिए।
२९९ रनको लक्ष्य पक्ष्यएको दक्षिण अफ्रीकाको ६ विकेट १६१ रनमा, ७ विकेट १८० रनमा तथा ८ औं विकेट २२५ रनमा गुमाएतापनि खेल अन्तिम बल सम्म पुगेको थियो। अन्तिम बलमा दक्षिण अफ्रीकाकालैइ जितका लगि ३ रन बनाउनुपर्नेमा दोस्रो रन लिने प्रयासमा वेन पर्नेल रन आउट भएका थिए।
दक्षिण अफ्रीकाको तर्फवाट लूट्स बोसमैन (२९), हर्शेल गिब्स (२७),कप्तान जैक कैलिस (८९), वेन पर्नेल (४९) तथा डेल स्टेनले (३५) रन बनाएका थिए। वेन पर्नेल (४९) तथा डेल स्टेनले नौऔं विकेटका लागि ३८ बलमा ६५ रनको साझेदारि गरेर दक्षिण अफ्रीकालाई खेलमा फर्काएको थियो। भारतको तर्फवाट श्रीसंथ, जदेजा तथा प्रविन कुमारले २,२ विकेट लिएका थिए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks