बैठकमा आमन्त्रित सदस्यका रुपमा राखिएका प्रधानमन्त्री माधवकुमार नेपाल अनुपस्थित
काठमाडौं,७ फागुन (दैनिकी)
राजनीतिक समस्या अन्त्य गर्नका लागि उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ। संयन्त्रको बैठक आज कांग्रेस सभापति तथा संयन्त्रका संयोजक गिरिजा प्रसाद कोइराला निवास महाराजगञ्जमा बसेको थियो। आजको बैठकमा साझा संकल्प प्रस्तावबाटै वर्तमान राजनीतिक गतिरोधको अन्त्य गर्न प्रमुख तीन दल सहमत भएका छन् । बैठकले साझा संकल्प मार्फत नै सहमतिमा पुग्ने निष्कर्ष निकालेको हो । संयन्त्रको बैठक दुइ दिनपछि अर्थात आगामी ९ गते बस्ने संयन्त्रको बैठकले संकल्प प्रस्तावलाई टुंग्याउने बताइएको छ। उच्चस्तरीय राजनीतिक संयन्त्रले जारी राजनीतिक गतिरोधको अन्त्यका लागि सहमतिको साझा संकल्प प्रस्ताबलाई दुई दिन भित्र टुङ्गो लगाउने निर्णय गरेको छ ।
संकल्प प्रस्तावको मस्यौदालाई टुङ्गयाएपछि संविधान निर्माण,शान्ति प्रक्रिया र सरकारका विषयमा छलफललाई तिब्रता दिने नेताहरु सहमत भएका छन् ।
बैठकमा कांग्रेस सभापति कोइराला,माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनाललगायत अन्य नेताहरु उपस्थित थिए । तर बैठकमा आमन्त्रित सदस्यका रुपमा राखिएका प्रधानमन्त्री माधवकुमार नेपाल अनुपस्थित थिए ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको आज बसेको बैठकले सहमति निर्माणका लागि यसअघि तयार पारिएको साझा संकल्प प्रस्ताबमाथि पुनः छलफल गरी सहमति कायम गर्ने निर्णय गरेको बैठकपछि एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनु भयो । संकल्प प्रस्ताबलाई दुई दिन भित्र टुङ्गो लगाउन यसअघि कै कार्यदललार्य जिम्मा दिइएको छ । कार्यदलले आगमी आइताबकार बस्ने संयन्त्रको बैठकमा साझा संकल्पप्रस्ताबलाय पेश गरिने जनएको छ ।
बैठकपछि बोल्दै एमाले अध्यक्ष झलनाथ खनालले राजनीति गतिरोधको अन्त्यक लागि उच्चतम सहमति खोज्ने विषयमा आजको बैठकमा गमभीर छलफल भएको बताउनु भयो । सहमतिका लागि साझा सहमतिको संकल्प पंस्ताब तयार गरी अघि बढ्ने सहमति भएको उहाँले बताउनु भयो ।
काँग्रेस प्रवक्ता अर्जुन नरिसंह केसीका अनुसार आजको बैठकमा विभिन्न ६ वटा एजेण्डाहरुमा छलफल भएको र उच्चतम सहमति कायम गरेर अघि बढ्नमा सहमति भएको छ । तर उहाँले राष्टपतिलाई आक्षेप लगाएर अघि बढ्ने कुरा काँग्रेसलाइ मान्य नुहुने बताउनुभ भयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks