Loving nepal news

Wednesday, February 17, 2010

आज पनि गभर्नर नियुक्ति भएन

युवराज खतिवडा बीरविक्रम रायामाझी र रामेश्वर खनाल प्रस्तावित
काठमाडौं, ५ फागुन (दैनिकी)

मन्त्रिपरिषद बैठकले आज पनि गभर्नरको नियुक्त गर्न सकेन । अर्थमन्त्री सुरेन्द्र पाण्डेको संयोजकत्वमा गठन गरिएको समितिले गभर्नर नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडा, राष्ट्र बैंकका डेपुटी गभर्नर वीरविक्रम रायमाझी र अर्थ सचिव रामेश्वर खनालको नाम प्रस्ताव गरेको थियो। तर आजको बैठकमा पनि सहमति जुट्न नसकेपछि गभर्नर नियुक्ति भएन ।
गभर्नर नियुक्तिका लागि अर्थमन्त्री पाण्डेको संयोजकत्वमा गठित अर्थविद् डा भोलानाथ चालिसे र राष्ट्रबैंकका पूर्व गभर्नर गणेशबहादुर थापा सदस्य रहेको समितिले नाम सिफारिस गरेको हो।
विजयनाथ भट्टराईले यही माघ १७ गते अवकास पाएपछि नेपाल राष्ट्र बैंक गभर्नर विहीन बन्दै आएको छ। राष्ट्र बैंक ऐन अनुसार गभर्नरले अवकास पाउनु एक महिना अगावै नयाँ गभर्नर चयन गरिसक्नु पर्ने प्रावधान रहे पनि करिव तीन साता वितिसक्दा पनि सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन।

मन्त्रिपरिषदको बैठकले सहायक रथि कुमार बुढाथोकीलाई उपरथिमा बढुवा गरेको छ भने खाद्य संस्थानको अध्यक्षमा विश्वनाथ सिंह तथा सूचना अध्ययन केन्द्रको कार्यकारी निर्देशकमा अनुप बास्कोटालाई नियुक्त गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks