Loving nepal news

Thursday, February 11, 2010

ब्यापार मेलामा ९० हजार दर्शकले अवलोकन गरे

संजय बिश्वकर्मा बुटवल २९ माघ

'स्वाधिन अर्थतन्त्र निर्माणको आधार औद्योगिकीकरण तथा ब्यापार विविधिकरण नाराका साथ भैरहवामा संचालित राष्ट्रिय औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको सातौं दिनसम्म ९० हजार दशर्शकले मेला अवलोकन गरेका छन् । फागुन २ गतेसम्म चल्ने मेला सकिन लाग्दा दर्शकहरुको भीड बढ्न थालेको आयोजकले जनाएका छन् । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन रुपन्देहीको आयोजनामा सिर्द्धार्थ रंगशालामा संचालित मेला अवलोकन तथा उपभोग्य सामान किनमेलका लागि रुपन्देही,कपिलवस्तु र सीमावर्ती मुलुक भारतको सुनौली,गोरखपुरसम्मका नागरिक आएको प्रचार संयोजक हेमराज कोइरालाले जानकारी दिनुभएको छ । अवलोकनकर्ताहरुले आधुनिक खेती प्रणाली,सूचना प्रविधि, घरेलु तथा कुटिर उद्योगका सामान,गार्मेन्ट, सौर्य र जैविक उर्जार्,हर्बल उत्पादन,ढाका फेसन, पाल्पाली कुरुवामा विशेष चासो राखेर ती सामानहरु खरिद गरेका छन् । हालसम्म झण्डै ३ करोडको कारोबार भएको मेलामा सुचना प्रबिधि र अटो मोबाइल्ससंग सम्बन्धित टेक्टर र अन्य गाडी मात्रै ५० लाख भन्दा बढीको कारोबार मेला सचिवालयले जनाएको छ । परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरित गर्दै राष्ट्रिय कुटिर, साना तथा घरेलु उद्योग, र व्यापारलाई प्रोत्साहन र प्रबद्धन गर्ने उद्धेश्यले आयोजना गरिएको महोत्सव नाफा कमाउन भन्दा उद्देश्य प्राप्तिमा केन्द्रीत भएको र सोचे अनुसार सफल भएको मेला आयोजक मुल समिती संयोजक मनिष कुमार जोशीले बताउनुभयो । मेलाबाट लुम्बिनीको पर्यटन बिकासमा ठुलो योगदान पुर्‍याएको उल्लेख गर्दै आन्तरिक पर्यटकका साथै भारत,जापान, अस्ट्रेलिया र अमेरिककाका बाह्य पर्यटकले पनि मेला अवलोकन गरेको अध्यक्ष जोशीले बताउनुभयो । यसैबीच मेलामा बिहीबार चर्चित पप गायक निमा रुम्बा,हिमाल श्रेष्ठ तथा लोकतर्फा विष्णु खत्री र जमुना राना लगायतका कलाकारको प्रस्तुतिले दर्शकलाई मनोरन्जन प्रदान गर्‍यो भने राटि्रय लोक दोहोरी गति प्रतिष्ठान दाङ र लाली गुरास युवा क्लब अर्घर्ााचीका कलाकारले दोहोरी गति प्रस्तुत गरे जसमा दाङ विजयी भएको छ । कार्यक्रममा २० जनाले रक्तदान गरेको क्षितिज सापकोटाले बताए । सांस्कृतिक कार्यक्रम अर्न्तर्गत आज शुक्रबार चर्चित गायिका अन्जु पन्त,जनवादी गायक जीवन शर्मा र हेमन्त शर्माको प्रस्तुति रहने सांस्कृतिक कायृक्रम स.योजक खिमनरायण पराजुलीले बताउनुभयो । यसैबीच हेल्थ इम्पावरमेन्ट एण्ड डेभलपमेन्ट बुटवलको आयोजनामा मेलामा रक्तदान सम्बन्धी जनचेतना र २० जनाले रक्तदान गरेको क्षितिज सापकोटाले बताए

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks