डिएम चाम्लिङ र्राई/खोटाङ, माघ २३
वेरोजगारी भएँ, पैसा कमाउनका लागि विदेश जान्छु भन्नेहरुको लागि मेहनत गरे स्वदेशकै उत्पादनले पुग्छ भनेर वेरोजगार युवाहरुलाई गतिलो उदाहरण दिनुभएको छ, सावाकटहरे-९ खोटाङका ४२ वषिर्य उद्धिम र्राईले ।
आफ्नो सात रोपनी खाली जग्गामा अलैची खेती गरेर वाषिर्क डेढलाख रुपैया सम्म आम्दामी गर्न थाल्नुभएपछि विदेशिने नेपालीहरुलाई यस्तो उदाहरण दिनुभएको हो उहाँले । ठण्डा ठाउँ, भिरालो जमिन र नियमित पानी बग्ने ठाउँमा राम्ररी फस्टाउने अलैचीले निकै फाईदा दिएको उहाँ बताउनुहुन्छ ।
दुःख पाएर विदेश गई धेरै धन कमाएर ल्याउँछु भन्नेहरुको लागि मेहन गर्न जाने केही वर्षभत्रै प्रशस्त आम्दामी घरै बसेर गर्न सकिने उहाँको भनाई रहेको छ । निरन्तर यसैको काममा खटिरहनु नपर्ने यस व्यवसाय गर्न सजिलो भएको कृषक र्राई बताउनुहुन्छ । सावाकटहरेका कृषक उद्धिम र्राईजस्तै अहिले गाउँगाउँमा अलैची खेती गर्ने कृषकहरुको संख्या बढेर गएको छ ।
प्रशस्त आम्दामी गर्न सकिने प्रमुख नगदेवाली अलैचीको खेती जिल्लाको दर्जन बढि गाविसमा गरिन थालिएको छ । यहाँको ३८ हेक्टर क्षेत्रफलमा उत्पादन गरिदै आईएको अलैचीले कृषकहरुको जीवनस्तर उकास्नमा मद्धत पुगेको कृषकहरु बताउँछन् । यतिबेला गाउँ गाउँमा उत्पादित अलैची विक्रिका लागि तर्राई तर्फलानेको भिड लागेको छ ।
उचित बजार व्यवस्थापनको अभावमा कृषकहरुले समस्या त भोग्नु परिरहेको छनै, आफूले उत्पादन गरेको अलैची विक्रिका लागि खोटाङबाट उदयपुरको गाईघाट, बेल्टार, सुनसरीको धरान सम्म लानु पर्दा भने दुःख भएको कृषकहरुको गुनासो रहेको छ । यसरी विक्रि गरेर आएको खर्चले उनिहरु वर्षरीको साहु र्टार्न, छोराछोरीको पर्ढाई खर्च जुटाउन, परिवार पाल्न र घर व्यवहार चलाउन सहज भएको बताउँछन् ।
भरपुर यातायातको सुविधा नभएको खोटाङमा उत्पादित अलैची खच्चडलाई बोकाएर तर्राईका जिल्लाहरुमा लाने गरिएको छ । यति धेरै कष्ट गरेर आम्दामीको श्रोत जुटाउन लागेका यहाँका गरीव किसानहरुको समस्यालाई अहिले सम्म कुनै निकायले ध्यान नपुर्याउँदा कृषकहरु थप मारमा परेका छुन् । जिल्लाको नेर्पा, रतन्छा, खिदिमा, मात्तिम, दोर्पा, सावाकटहरे, वाप्लुखा, लिकुवापोखरी लगायत झण्डै दुइ दर्जन गाविसका र्सवसाधारणहरु केही वर्षता देखि निरन्तर अलैची खेतीमा संलग्न हुदै आएका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks