पोलिटेक्निक इन्स्टिच्युट स्थापना,सीमा क्षेत्रबाट पाँचवटा नाकासम्म रेलवे सेवा तथा हवाई सेवा विस्तारसम्बन्धी समझादारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम ।
काठमाडौं, ३ फागुन (दैनिकी)
राष्ट्रपति डा.रामवरण यादव भारतको राजकीय भ्रमणका लागि सोमबार बिहान ११.०० बजे त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उनलाई विमानस्थलमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधवकुमार नेपाल, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ लगायतका मन्त्रीहरुले विदाइ गरेका थिए । उक्त अवसरमा राष्ट्रपति डा. यादवको सम्मानमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । भारतका राष्ट्रपति प्रतिभा पाटिलको निमन्त्रणमा राष्ट्रपति यादवले सो भ्रमण गर्न लाग्नुभएको हो ।
राष्ट्रपति यादव सोमबार नै स्थानीय समय १२.०० बजे नयाँदिल्ली पुग्ने कार्यक्रम रहेको र राष्ट्रपति यादवले साँझ ६.३० बजे भारतीय विदेश सचिव निरुपमा रावसँग होटल ताज प्यालेसमा भेट गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति यादवलाई मङ्गलबार बिहान राष्ट्रपति भवनमा उहाँको औपचारिक रूपमा स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपति यादव महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जलि अर्पणका लागि राजघाट जानुहुनेछ । त्यस्तै, मङ्गलबार स्थानीय समय ११ बजे बिहान यादवले ताज होटलमै भारतीय विदेशमन्त्री एस एम कृषणासँग भेट गर्नुहुनेछ । मङ्गलबार राष्ट्रपति डा.यादव र भारतीय प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा भेट गर्ने तथा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
मङ्गलबार साँझ राष्ट्रपति डा.यादवसँग भारतका उपराष्ट्रपति हमिद अन्सारी, अर्थमन्त्री प्रणव मुखर्जी, गृहमन्त्री पी चिदम्बरम तथा लोकसभाका विपक्षी दलका नेता सुष्मा स्वराजले ताज होटलमा राष्ट्रपति यादवसँग भेटघाट गर्नुहुने कार्यक्रम छ । साथै आपसी समझदारी र विश्वास अभिवृद्धि हुँदै गएको छ । राष्ट्रपति यादवको भ्रमणका क्रममा हेटौंडामा पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्ने, भारतीय सीमा क्षेत्रबाट नेपालका पाँचवटा नाकासम्म रेलवे सेवा विस्तार गर्ने तथा हवाई सेवा विस्तारसम्बन्धी विषयमा भारतसँग समझादारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । भारतसँग हुने रेलवे सेवा विस्तारसम्बन्धी समझदारीमा जयनगर-विजलापुर, विजलापुर-बर्दिवास, जोगबनी-विराटनगर, नौतनवा- विराटनगर र नेपालगन्ज रोड नेपालगन्जसम्म रेलवे सेवा पुर्याउन भारतले सहयोग गर्नेछ । राष्ट्रपति यादवका साथ पर्यटन तथा नागरिक उड्डयनमन्त्री शदतसिंह भण्डारी सहभागी हुनुहुनेछ भने राष्ट्रपतिको भ्रमणटोलीमा सुरक्षा अधिकारीहरू, राष्ट्रपति कार्यालयका पदाधिकारी परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा नयाादिल्लीस्थित नेपाली दूतावासका दुईजना अधिकारीसहित २७ जना रहनेछन् । यसैबीच भ्रमण पूर्व आज बिहान प्रधानमन्त्री माधवकुमार नेपालले भ्रमणका सिलसिलामा राष्ट्रपतिसँग भेट गर्नु भएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks