यादवको भारत भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं, ६ फागुन (दैनिकी)
भारतको चारदिने औपचारिक भ्रमण सकेर राष्ट्रपति डा. रामवरण यादव आज स्वेदश फर्कंदै हुनुहुन्छ । राष्ट्रपति डा. यादव साँझ साढे ५ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ ।
स्वदेश फर्कने क्रममा राष्टपति यादवलाई स्वागत गर्न उपराष्ट्रपति प्रधानमन्त्री उपप्रधानमन्त्री तथा मन्त्रीहरु सरकारी उच्च अधिकारीहरुलगायत अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु हुनेछ ।
राष्ट्रपति यादवको भारत भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
त्यहाँ रहँदा राष्ट्रपति यादवले भारतका आफ्ना समकक्षी प्रतिभा पाटिल उपराष्ट्रपति कांग्रेस आईकी अध्यक्ष एवम् युनाइटेड पिपुल्स एलायन्सका अध्यक्ष सोनिया गान्धी विदेशमन्त्री एसएम कृष्ण अर्थमन्त्री प्रणव मुखर्जी लोकसभामा विपक्षी दलका नेता सुष्मा स्वराजलगायत विशिष्ट व्यक्तिहरुसँग भेटवार्ता गर्नुभएको थियो भने हिजो भारतको प्रसिद्ध तिर्थस्थल हरिद्धार जानुभएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks