Loving nepal news

Wednesday, February 17, 2010

इन्धनको मूल्यवृद्धि

काठमाडौं, ६ फागुन (दैनिकी)

नेपाल आयल निगमले आजदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ। डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको हो ।
निगमलाई घाटा भइरहेकाले मूल्यवृद्धि गर्नु परेको निगमका प्रवक्ता मुकुन्द ढुंगेलले बताएका छन् ।
मूल्यवृद्धिपछि अब डिजेल र मट्टीतेलको भाउ पहाडी जिल्लामा प्रतिलिटर ५९ र तराईमा ५७ रुपैयाँ पुगेको छ। निगमको बोर्ड बैठकले गरेको निर्णय अनुसार मूल्य बढाइएको हो । निगमलाई मासिक ३ करोड ७३ लाख घाटा भइरहेको भन्दै मुल्य बढाएको हो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks