दशरथ घिमिरे १५ फागुन
सिसहनियाँ गाबिस-७ पुनखोलाका एकै घरका चार जनामा हेपार्टाईटिस बिको संक्रमण देखिएपछि रोग र्सने आशंकामा गाउंलेहरु त्रसित भएका छन । केहि दिन पहिले सोहि गाउँका ३० बषिर्य अर्जुन बहादुर पुन, उनिकि ३१ ब्षिय श्रीमति सुनमति, छोरीहरु १० बषिर्यर् इमा र १३ बषिर्य मिना पुनमा हेपार्टाईटिस बिको संक्रमण देखिएको थियो । उनिहरु उपचारका लागि काठमाण्डौंगएपछि हेलमेल गरेका गाउँलेहरु संक्रमण फैलनेहो कि - भन्ने आशंकामा त्रसित भएका हुन । पुनहरुको परिवारमा रहेका अन्य तिन जनामा संक्रमणको आशंकामा दुइ पटक सुइ लगाइएको थियो । अहिले उनिहरु घरमा एक्लै बस्दै आएका छन ।
घरमा रहेका पुनका ८ बषिर्य छोरा दुईजना र जुम्ल्याह दुइ छोरी १२ बषिर्य खुमा र खिमो बिचल्लिमा परेका छन । बुवा, आमा र दिदि उपचारका लागि बिरअस्पतालमा गएपछि उनिहरुको स्याहार सुसार गर्ने कोहि छैन । गाउँलेहरुले पुन परिवारमा सरुवा रोग देखिएपछि नजिक जान पनि डराउने गरेका छन । घरमा रहेका पुनका छोरा छोरी संग खेल्न जाने उनिहरुका साथिहरु रोग बाट संक्रमित भएको थाहा पाएपछि खेल्न जाने साथि संगिहरुले संगत छाडेका छन । अहिले खेल्न जान छाडेको छु, आमाले जान दिनुहुन्न, सल्किन्छ भनेर गालि गर्नु हुन्छ । पुन खोलाकि अमृता गाहा मगरले भन्नु हुन्छ । चन्दा सहयोग जुटाएर उपचारका लागि बुवा, आमा काठमाण्डौं गएपछि घरमा खाने खर्च जुटाउन समस्या परेको छ । चामल सिद्धिनै आँटेको छ, कसरि जुटाउने हो भोक भोकै मरिने हो कि - खुमाले मलिन हुदै भन्नु भयो ।
हेपार्टाईटिस बिबाट परिवारको कमाउने घरमुलि नै बिरामि भएर काम गर्न नसक्ने भएपछि सो परिवारका जुम्ल्याहा दुइ दिदि बहिनिले पर्ठाई छाडेर घर ब्यबहार जलाउन बाध्य भएका छन । खुमा र खिमाले २ र ३ मा पढने गरेका थिए । घरमा यस्तो भयो त्यसपछि स्कुल जान छाडे्यौं उनिहरुले एकै स्वरमा भने । घरमा रहेको ८ बषिर्य छोरा दुर्जन २ कक्षमा पढ्न जाने गरेका छन । भाई स्कुल जान्छ, हामिहरुले घरमा काम गर्र्छौं खिमाले भन्नु भयो । दुर्जन कक्षामा प्रथम हुने बिद्यार्थि हो । तेजिलो छ, पढ्नमा र्टाईलेन्ट छ यिनिहरुको भबिस्यको बारेमा सोच्नु पर्ने अबस्था अयो । पुन खोलाका शिक्षक थम्मन सिङ्ग गाहामगरले भन्नु भयो । उहाँ शिक्षक एवं मेडिकल संचालक हुनुहुन्छ ।
भौगोलिक बिकटाले गाँजिएको यस गाउंमा बसोबास गर्ने अधिकांशमा स्वास्थ्य चेतनाको कमि छ । पिउने पानिको ज्यादै बिकराल समस्या भएकाले समय समयमा दुसित पानिबाट सरुवा रोगहरु फैलने गरेको गाउँलेहरुको भनाई छ । दुसित पानि को उपभोगका कारण जण्डिस रोगको संक्रमण गाउँले हरुमा हुन सक्ने मेडिकल सञ्चालक गाहाँले बताउनु भयो । अर्जुन पुनलाई सुरुमा जण्डिस भएको जस्तो लाग्यो र उपचारका लागि देउखुरी जान सल्लाह दिए तर उहाँले केहि भएको छैन भन्दै केहि दिन उपचारमा जान ठिलो गर्नु भयो । पछि हेपार्टाईटिस बि भएको डाक्टरले दिएको पर्चा देखेर थाहा भयो । उहाँले स्मरण गर्दै भन्नु भयो । अर्जुनमा देखिएको सो रोग सबै परिवारका सदस्यहरुमा सर्यो ।
पुन परिवारका सबै सदस्यमा हेपार्टाईटिस बिकोे संक्रमण देखिदै जान थालेपछि सो रोग गाउंमा फैलने शंकाको त्रासमा गाउँलेहरु छन । गाउँलेहरुमा देखिएको चिन्ता हटाउन र सहज वातावरण मिलाउन सबै गाउँलेहरुको रगत परिक्षण गरीनु पर्छ । स्थलगत अबलोकन गरेर र्फकनु भएका स्थानिय असलशासनका लागि युवा एकता युग का अध्यक्ष तिर्थराज ज्ञवालिले भन्नु भयो । भौगोलिक बिकटा र स्वास्थ्य शिक्षा एवं जन चेतनाको कमिका कारण सरुवा रोगहरुको बढि सम्भावना रहेछ । उहाँले भन्नु भयो । गाबिसको पहलमा जिल्ला जन स्वास्थ्य कार्यालय दाङ बाट स्वास्थ्य चेक जाँच सिबिर र हेपार्टाईटिस बि बिरुद्धको सुइ गाउँलेहरुमा लगाउन आबश्यक देखिएको भनाई उहाँको छ । यो रोग अरुमा सरेको हुनसक्छ त्यसको परिक्षण र रोग लाग्न नदिन तत्काल कार्यक्रम लैजान आबश्यक छ । तत्काल नगरीय अझ बढ्न सक्छ अरुमा संक्रमण को खतरा छ । ज्ञवालिले भन्नु भयो ।
३० घर परीवार रहेको सो गाउँका स्थानिय बासिन्दा स्वास्थ्य सेवा लिनबाट बञ्चित छन । गाउँमा पटक पटक हेपार्टाईटिस बि को भ्याक्सिन लगानु पर्ने जानकारी सिसहनियाँको हेल्थपोष्टमा दिएपनि वेवास्ता गरेको गाउँलेहरुले बताए । सामान्य ओषधि गर्नपनि चार घण्टाको कठिन पैदल हिडेर सिसहनियाँ आउनु पर्ने बाध्यतामा रुमलिएका छन पुनखोलाका बासिन्दा ।
चन्दा संकलन गरेर उपचारका लागि काठमाण्डौं गएका पुनका चार परिवारको उपचार सुरु भएको छ । बिरअस्पतालमा बुधबार देखि उहाँहरुको उपचार शुरु भएको छ । उपचारमा जानु भएका अर्जुन पुनले घरमा रहेका छोरा छोरीको ख्याल राखिदिनहुन सबै संग आग्रह गर्नु भएको छ । साथै उपचार महङ्गो भएकाले सहयोग को याचना गर्नु भएको छ । उहाँको परिवारको उपचारका लागि सहयोग गर्नेहरुले लमहीमा रहेको कर्णालि बैंकको बचत खाता ०१क१२१९ मा सहयोग रकम जम्मा गरीदिन सक्नु हुनेछ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks