दशरथ घिमिरे लमही ५ फागुन
दाङ क्षेत्र नम्बर १ मा कृयासिल बिभिन्न बिद्यार्थि संगठनको सहभागितामा बुधबार लोकतन्त्रको सुदृढिकरणका लागि युवा सञ्जाल गठन गरीएको छ। फ्रिडम फोरमले लमहीमा आयोजना गरेको चार दिने लोकतन्त्रको बिश्वब्यापि घोषणा पत्रको बारेमा प्रक्षिण कार्यक्रमको समापन अबसरमा अनेरास्वबियु क्षेत्र नम्बर १ का अध्यक्ष पवन शर्मा रिजालको संयोजकत्वमा १० सदस्यीय युवा सञ्जाल गठन गरीएको छ। सञ्जालको नेतृत्व तिन तिन महिनामा फेरीने छ। सञ्जालको सदस्यहरुमा अनेरास्वबियुको तर्फ बाट पुजा गौतम, भावना शाहा, नेपाल बिद्यार्थि संघ बाट कुमार घिमिरे, दुर्गा बहादुर बस्नेत, खिमा डाँगि, अखिल क्रान्तिकारी बाट निलम शर्मा, ठाकुर प्रसाद खनाल, खिम बहादुर बैजालि र देउखुरी बहुमुखि क्याम्पस स्वबियुको तर्फ बाट सभापति ऋषि सुबेदि रहनु भएको छ। गठित सञ्जालले लोकतन्त्रको प्रबर्द्धन, अध्यास र सुदृढिकरण का बारेमा कृयासिल रहने छ। ग्रामिण भेग सम्मका नागरीकहरुमा लोकतन्त्रको प्रत्याभुति दिलाउन हाम्रो सञ्जाल कृयासिल रहने छ संयोजक पवन शर्माले बताउनु भयो।
प्रक्षिण कार्यक्रम लाई शंबोधन गर्ने बक्ताहरुले लोकतन्त्रको प्रत्याभुति नभईरहेको अबस्थामा गठित सञ्जालले तल्लो स्तर सम्म लोकतन्त्रको बारेमा जानकारी गराउन कृयासिल हुनु पर्ने आबश्यक्ता औल्याएका थिए। बिद्यार्थिहरुमा देखिएको बढ्दो दुरीलाई हटाउदै लोकतन्त्रको बारेमा एक भएर अगाडि बढ्ने प्रतिबद्धता सहभागि बिद्यार्थि संगठनका प्रतिनिधिहरुले ब्यक्त गरेका छन। संबिधान जारी गर्ने दिन नजिकिदै गैरहेका ले निर्धारीत समय सिमा भित्र संबिधान जारी गराउन बिद्यार्थि संगठनहरुले एकताको माध्यमबाट रचनात्मक दवाब दिनु पर्ने तर्फ सबैको जोड थियो। फ्रिडम फोरमका सचिव सनत आचार्यको अध्यक्षतामा सम्पन प्रक्षिण समापन कार्यक्रममा नागरीक समाज देउखुरीका उप–संयोजक निम बहादुर थापा, देउखुरी बहुमुखि क्याम्पस ब्यबस्थापन समितिका उपाध्यक्ष रेश्मिराज कंगालि, पत्रकार राधेश्याम गुप्ता, सहभागिको तर्फबाट अनेरास्वबियुका क्षेत्रिय अध्यक्ष पवन शर्मा, नेपाल बिद्यार्थि संघका सभापति कुमार घिमिरे, अखिलक्रान्तिकारी कि निलम शर्मा, अखि छैठौंका जिल्ला उपाध्यक्ष बसन्त आचार्य लगाएतले लोकतन्लाई सुदृढिकरण गर्दै अगाडि बढनु पर्ने अबस्था आएको कुरामा जोड दिनु भएको थियो। कार्यक्रममा क्षेत्र स्तरमा कृयासिल बिद्यार्थि संगठनका नेतृत्वको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्जालन फ्रिडम फोरमका जिल्ला संयोजक बिपुल पोख्रेलले गर्नु भएको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks