Loving nepal news

Sunday, February 14, 2010

संयन्त्र ठुलो धोखाः पासवान

रोहित मण्डल, लहान, २ फागुन

संयन्त्र एउटा ठुलो धोखा यसले देशलाई सहि निकास दिन सक्दैन नेपाली जनता दलका केन्द्रिय सदस्य राम प्यारे पासवानले बताएका छन् । सिरहाको लहानमा आज आइतबार पत्रकार सम्मेलन गरि सो कुरा बताउनु भएको हो । उच्चस्तरीय संयन्त्र बनाउ नै हो भने संयन्त्रमा २५ वटै राजनैतिक दललाई सहभागि गराउनु पर्ने भन्दै उहाले भन्नुभयो तिन दलको संयन्त्रको अर्थ नहुने बताउनु भयो ।
नया संविधानमा दलित वर्गलाई समानुपातिक आरक्षणको व्यवस्था नभएमा दलितहरु नया संविधानलाई रदिको टोकरीमा फाली कठोर आन्दोलनमा उत्रने पासवानले चेतावनी दिनुभयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks