Loving nepal news

Saturday, February 27, 2010

चट्याङ्गले गर्दा तीन दिन देखि हलेशी रेडियो वन्द

डिएम चाम्लिङ राई/खोटाङ १४ फागुन

गत मंङ्गलबार बेलुकी परेको चट्याङ्गले खोटाङको हलेसी सामुदायिक रेडियोको ट्रान्समिटर जलाउँदा तीन दिन अघिदेखि यो रेडियो वन्द भएको छ। रेडियो प्रशारणको समयमा परेको चट्याङ्गले लाखौ रुपैया बराबरको नोक्सान भएको स्टेशन मेनेजर खेम खड्काले जानकारी दिनुभयो। रेडियो वन्द भएपछि खोटाङ र बाहिरी जिल्लाका सर्वसाधारणहरु खबरबाट वेखबर भएको समाचार शाखाकी प्रमुख भिमाकुमारी भुजेलले बताउनुभयो। रेडियो स्टेशनमा अर्थिङ्ग नगरिएकाले चट्याङ्गबाट रेडियो सुरक्षित हुन नसकेको बताईएको छ। लाखौ रुपैया नोक्सान हुनेगरी परेको चट्याङ्गले खोटाङमा सञ्चालित वायरलेस ईन्टरनेट सेवापनि अवरुद्ध भएको छ।
रेडियो स्टेशन संगै वायरलेसको लिङ्क जडान गरिएकाले यो सेवापनि अवरुद्ध भएको वायरलेस सेवा सञ्चालक पूर्णकुमार वजिमयले जानकारी दिनुभयो। अहिले रेडियोको ट्रान्समिटर बनाउन काठमाडौ लगिएको बताईएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks