Loving nepal news

Saturday, February 13, 2010

माओवादी नेतृत्वमा सरकार गठन हुने

वर्तमान सरकार शान्ति सुरक्षा स्थापना गर्न असक्षम वनेको र राज्य दिशाहिन स्थितिवाट गुज्रिरहेको
गणेश निरौला, इटहरी, २९ माघ

एकिकृत नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अव चाँडै नै माओवादी नेतृत्वमा सरकार गठन हुने दावी गर्नुभएको छ । अध्यक्ष प्रचण्डले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिले माओवादी सरकारको जरुरत रहेको निष्कर्षनिकालेको पनि दावी गर्नुभएको छ । अध्यक्ष प्रचण्डले आज सुनसरीको हरिपुरमा कोचिला राज्य समितिले आयोजना गरेको संर्घष, रुपान्तरण र संगठन सुदृढिकरणको तीन महिने अभियानको आज समापन सभामा वोल्नुहुँदा सो कुराको दावी गर्नुभएको हो । उहाँले सरकार कहिले वन्छ भन्ने कुराको मिति भने खुलाशा गर्नुभएन् ।
देशको वर्तमान परिस्थिति तथा वाह्य मुलुकका प्रतिनिधिकरु समेतको विश्लेषणले नै नयाँ नेपालको संविधान जारी गर्न र माओवादी लडाकुको समायोजन एवं शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउनका लागि पनि माआवोदीको नेतृत्वमा सरकार वन्नु पर्ने खाँचो औल्याएको पनि अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो ।
आम नेपाली जनताले माओवादीलाई विश्वास गरेर नै ठूलो पार्टीको रुपमा उभ्याएको दावी गर्नुहुदै अध्यक्ष दाहालले माओवादीले मात्र यो देशको मुहार हसाउन सक्ने पनि स्पष्ट पार्नुभयो । वर्तमान सरकार शान्ति सुरक्षा स्थापना गर्न असक्षम वनेको र राज्य दिशाहिन स्थितिवाट गुज्रिरहेको ठोकुवा गर्नुहुदै अध्यक्ष प्रचण्डले माओवादीले पछिल्लो समयमा राष्ट्रिय स्वाधिनताका लागि देशभर शान्तिपूर्ण आन्दोलन थालेको वताउनुभयो ।
नागरिक सर्वोच्चता कायम गराउने र राष्ट्रिय स्वाधिनताको पक्षमा एकिकृत नेकपा माओवादीले उठाएको सकारात्मक आन्दोलनले अरु राजनीतिक दलहरु तिलमिलाएको र यो आन्दोलनले माओवादीको राजनीतिक छवी उच्च स्थानमा पुर्‍याएको दावी समेत गनुभयो ।
यसैवीच माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै सुनसरीको इटहरीमा रहेको गोर्खा डिपार्टमेन्ट स्टोर्षो समेत अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा संचारकर्मीहरुसं कुराकानी गर्दै प्रचण्डले उच्च स्तरिय राजनितिक संयन्त्रले राजनितिक गतिरोधको अन्त्य गर्ने बताउनुभयो । उहाँले आफुले संयन्त्रमा सरकारको नेतृत्व एकिकृत माओबादीलेनै पाउनुपर्ने प्रस्ताव राखेको पनि खुलासा गर्नुभयो । उहाँले भन्नुभयो, प्रस्ताव राखेका छौ छलफल हुनेछ ।
उपाध्यक्ष बाबुराम भट्टर्राई सहित डिपार्टमेन्ट पुग्नुभएका प्रचण्डलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद चिमरियाले जिल्लाका कर्मचारीहरुमा काम गर्ने तरिका थाहा नभएर बिभिन्नखाले समस्या आएको गुनासो सुनाउनुभएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks