दिपक पाण्डेय पाल्पा ६, फागुन
पश्चिम पाल्पाको ठिमुरे गा.वि.स. १ बढीचौरमा गत माघ २७ गते एकै परिवारका चार जनाको भएको विभत्स हत्या भएको थियो। हत्या हुनेमा ठिमुरे १ बस्ने वर्ष २५ की तुल्सा घर्ति, वर्ष ५५ की यम कुमारी बगाले, वर्ष ५ का संजिव घर्ति, वर्ष ६ की सन्ध्या घर्ति रहेका छन्। हत्या भएको करिब १० दिन बिति सक्दा पनि प्रहरीले कुनै पनि किसिमको पहिचान गर्न नसके पछि जिल्ला प्रहरी कार्यालय पाल्पाले एक सूचना जारी गरेको छ। हत्याराको पहिचान हुने गरी सूचना दिने व्यक्तिलाई रु.५० हजार पुरस्कार दिने बताएको छ। सूचना दिनेको नाम ठेगाना गोप्य राखिनेछ, सूचनामा भनिएको छ।
हत्या भएको दिन अञ्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षकले घटना भएको स्थानमा गई घटनाको बारेमा अनुसन्धान गरेका थिए। १० दिन सम्म पनि कुनै पहिचान हुन नसके पछि क्षेत्रिय प्रहरी कार्यालय पोखराका डिआईजी कुवेर सिं राना घटना स्थलमा गई घटनाका बारेमा अनुसन्धान गरेका थिए। हत्यारा कुनै पनि हालतमा उम्कन नपाउने रानाले बताए।
हत्यराको पहिचान हुन नसके पछि पाल्पा प्रहरीले संचार माध्यम मार्फत हत्यरा पक्राउ गर्नका लागि सूचना प्रशारण गर्न लागेको प्रहरी नायव उपरीक्षक पवन कुमार गिरीले बताए। प्रहरीले गाउँलेहरुलाई पनि हत्यारा पक्राउ गर्न सहयोग गर्नको लागी अपिल गरेको बताएको छ। अहिले पाल्पाका चार वटै एफ.एम.हरुले सूचना प्रशारण गरिरहेका छन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks