प्रियास्मृती ढकाल बाँके १४ फल्गुन
नेपालगञ्जमा जारी, नेपाल पत्रकार महासंघको केन्द्रिय साधारण सभामा अहिले बन्दशत्र चलिरहेको छ। साधारण सभा स्थल नेपालगंजको भेरी प्राबिधीक शिक्षालयमा चलिरहेको बन्द शत्रमा कोषाध्यक्ष रमेश बिष्टले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुका साथै महासंघको बिद्यान शंसोधन, पत्रकारको भौतिक सुरक्षा लगायतका बिषयमा छलफल भईरहेको केन्द्रिय सदस्य प्रेम केसीले जानकारी दिनुभयो। बन्द शत्रले बिभीन्न निर्णय पारित गरिसकेपछि साधारण सभा आज अपरान्ह तिर सकिनेछ। “भौतीक तथा ब्यबसायीक सुरक्षाका लागि पत्रकार एकता, नयाँ संबिधानमा पुर्ण प्रेस स्वतन्त्रता” भन्ने नाराका साथ साधारण सभा हिँजो देखी शुरु भएको हो। सभामा देशभरका करिब १ हजार बढि पार्सद, शाखा तथा एशोसियट प्रतिनिधीहरुको सहभागीता रहेको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks