Loving nepal news

Monday, February 22, 2010

चार तिब्बती नागरिक पक्राउ,

अबैध प्रवेशको क्रम बढ्यो
चिरञ्जीवी मास्के दोलखा १० फागुन

केहि समय यता दोलखाको लामाबगर नाकाहुदै नेपाल प्रवेश गर्ने तिब्बतीहरुको संख्या बढ्दै गएको छ। फागुन ७ गते लामाबगर नाकाहुदै नेपाल प्रवेश गर्ने ४ तिब्बतीलाई ईलाका प्रहरी कार्यालय सिंगटीले पक्राउ गरेपछि ०६६ सालमा मात्र नेपाल प्रवेश गर्ने तिब्बतीहरुको संख्या २४ पुगेको छ।
फागुन ७ गते सिंगटी बजारबाट पक्राउ परेका १ महिला समेत ४ तिब्बती र उनीहरुलाई नेपाल प्रवेशमा सहयोग गर्ने एक नेपालीलाई आईतवार अध्यागमन विभाग काठमाडौँ पठाईएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक धिरज सिंहले बताउनु भयो।
माघ महिनामा मात्र दोलखाको लामाबगर नाकाबाट अबैध रुपमा नेपाल प्रवेश गर्ने १२ जना तिब्बतीलाई दोलखा प्रहरीले पक्राउ गरी अध्यागमन विभाग काठमाडौँमा पठाएको थियो। तिब्बती नागरिकहरु किन अबैध ढंगले नेपाल प्रवेश गर्छन भन्ने एकिन गर्न नसकिए पनि उनीहरु भारतमा निर्वासित जीवन विताई रहेका दलाई लामालाई भेट्न जान नेपाल प्रवेश गरेको अनुमान प्रहरीले गर्ने गरेका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक सिंह भाषाको समस्याका कारण तिब्बतीहरु किन अबैध ढंगले नेपाल प्रवेश गर्छन भन्ने जानकारी हुन नसके पनि दलाई लामालाई भेट्न अबैध ढंगले नेपाल प्रवेश गर्ने गरेको हुन सक्ने बताउनु हुन्छ।
तिब्बतीहरु अबैध ढंगले नेपाल प्रवेश गरि शरणार्थिको रुपमा भारतको शरणार्थि शिविरमा पुगेर आरामको जीवन बिताउन पाउने भएकोले पनि उनीहरु त्यसरी प्रवेश गरेको हुन सक्ने अनुमान समेत केहिले गर्ने गरेका छन्। विगतमा दोलखा प्रहरीले अबैध रुपमा नेपाल प्रवेश गर्ने तिब्बतीहरुलाई चिन तिरै फर्काउन खोज्दा कतिपए अवस्थामा प्रहरी र तिब्बती नागरिकहरु बीच झडप समेत हुने गरेको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks