Loving nepal news

Sunday, February 14, 2010

संबिधान जारी पुर्व माओवादी लडाकुको व्यावस्थापन गर्नु पर्छ:देउवा

दिपक घिमिरे भैरहवा २ फागुण

नेपाली काग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले संबिधान जारी गर्नु पुर्व नै माओबदी लडाकुको व्यावस्थापन तथा समायोजन गरिनु पर्ने बताउनु भएको छ । एकिकृत नेकपा माओबादीले सेना समायोजन र संबिधान जारी गर्ने काम संगसंगै गर्नु पर्ने बताईरहेका बेला नेता देउवाको यस्तो धारणा बाहिर आएको हो । उहाले माप दण्ड पुरा गरेका माओबादी लडाकुलाई तीन शुरक्षा अंगमा समायोजन गर्न सकिने बताउनु भयो ।
पुर्व प्रधानमन्त्री समेत रहनु भएका देउवाले आज भैरहवामा पार्टीले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा माओबादीले कब्जा गरेका घरजग्गा फिर्ता नभए सम्म संबिधान जारी गर्न नसकिने बताउन भएको छ । उहाँले प्रमुख तीन दल सम्मेलित उच्च स्तरीय राजनैतिक संयन्त्रले राजनैतिक गतिरोधको गांठो फुकाउन नसकेको स्पष्ट पार्दै संयन्त्रमा साना दल सहित सबै राजनैतिक दललाई सहभागि गराउनु पर्नेमा जोड दिनु भयो ।
नेपाली कागे्रसबाट सरकार एमालेकरण भएको भनाई बाहिर आईरहेका बेला नेता देउवाले सरकारमा सहभागि दलहरु वीच समन्वय नभएको दावी गर्नु भएको छ । उहाँले सरकारमा सहभागि दलहरु बसी समन्वय गरेर काम अगाडि बढाउनु पर्ने र तोकिएको समयमै संबिधान जारी गर्नु पर्ने बताउनु भयो । उहाँले खिचातानीका वीचबाट नै निकास निस्कने हुदा तीन दल सम्मेलित उच्चस्तरीय राजनैतिक संयन्त्रमा खिचातानीले ठाउ पाएको बताउनु भयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks