उच्चस्तरिय संयन्त्रको बैठक आज पनि स्थगित
काठमाडौं, २८ माघ (दैनिकी)
उच्चस्तरीय राजनीतिक संयन्त्रको नियमित बैठक आज पनि स्थगित भएको छ । संयन्त्र संयोजक एवं कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको स्वास्थमा पुर्ण सुधार आइ नसकेकाले आजको बैठक स्थगित गरिएको कार्यदल सदस्य एवं काग्रेस नेता कृष्ण सिटौलाले जानकारि दिनुभयो । काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको स्वस्थ्यमा समस्या आएको कारण अघिल्लो बिहीबार र गत शनिबार पनि बैठक स्थगीत भएको थियो । बैठकमा राष्टपतिको कदम पश्चात उत्पन्न राजनैतिक गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्ने कार्यक्रम रहेको थियो ।
शान्ति र संविधानलाई निश्कर्षमा पुरयाउने तथा राजनैतिक गतिरोध अन्त्यगर्ने उद्देश्यका साथ गठित समतिमा काग्रेस सभापति कोइराला माओवादीका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनाल रहनुभएको छ ।
यसैबीच नयाँ संविधान लेखनमा देखिएका विभिन्न समस्याहरुको बारेमा सहमति जुटाउन प्रमुख तीनदलको मुख्य नेताहरुको बैठक बस्ने भएको छ । संविधानमा राख्ने विभिन्न विषयमा देखिएका असहमतिलाई टुङ्ग्याउने विषयमा बैठक बस्न लागेको हो ।
नयाँ संविधानमा राख्ने विषय बस्तु र सुझावहरुलाई सहमतिका आधारमा अघि बढाउन दलहरुले आज पनि छलफल गर्ने भएका हुन्। संविधान निर्माणका क्रममा देखिएका विवादलाई सहमतिमा पुर्याउन छलफललाई जारी राखेको नेताहरुले बताएका छन्।
बैठकमा एकीकृत माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका नेताहरुको सहभागिता रहने बताइएकोछ । बैठकमा फरक मतलाई कसरी समेट्ने भन्ने विषयमा छलफल हुनेछ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks