Loving nepal news

Tuesday, February 23, 2010

प्रेस स्वतन्त्रता विना लोकतन्त्र लङ्गडो

प्रकाश डोटेल स्याङ्जा-१२, फागुन

प्रेस स्वतन्त्रता विना लोकतन्त्रको दिगो विकास हुन नसक्ने भन्दै नयाँ संविधानमा प्रेस स्वतन्त्रता अपरिहार्य भएको बक्ताहरुले जोड दिएका छन् । नेपाल प्रेस युनियन स्याङ्जाले आयोजना गरेको प्रेस स्वतन्त्रतालाई अपरिवर्तनीय धाराका रुपमा राख्नुपर्नेमा स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रम नयाँ संविधानमा स्वतन्त्र प्रेस विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले जोड दिएका छन् ।
आजको एक्काईसौ शताव्दीमा आम नागरिक सुसुचित हुन पाउने अधिकारलाई कसैले पनि कुण्ठित गर्न नसक्ने बताउँदै, सुसुचित हुन पाउने अधिकारलाई सुनिश्चित गर्न स्वतन्त्र प्रेसको ग्यारेन्टी हुनुपर्नेमा समेत जोड दिइएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै संविधानसभाका सदस्य तथा नेपाल प्रेस यूनियनका संस्थापक सदस्य शोभाकर पराजुलीले एकीकृत नेकपा माओवादीले अधिनायकवादी संविधान निर्माणको पक्षमा लागेकोले माओवादीले भने जस्तो संविधान बनेमा प्रेस स्वतन्त्रताको कल्पना समेत गर्न नसकिने बताउनुभयो । र्
वर्तमान सरकारले दण्डहिनताको अन्त्य गर्ने पक्षमा काम गर्न नसकेको बताउँदै सभाषद पराजुलीले नेपाली काँग्रेसले यहि अवस्थामा वर्तमान सरकारलाई निरन्तरता दिएर अझ प्रभावकारी काम गर्नु लगाउने योजना रहेको बताउनुभएको थियो ।
नेपाल प्रेस युनियनका केन्द्रिय सचिव शिव लम्साल, नेपाली काँग्रेसका महासमिति सदस्य शिवकुमार अधिकारी, महनीप्रसाद पोडेल, नेकपा एमालेका सहसचिव सुधिर पौडेल, नेपाल ट्रेड युनियनका अध्यक्ष धु्रव पंगेनी, नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगाएतका वक्ताहरुले आम संचारको क्षेत्रमा देखिएका समस्या र चुनौती लगायत समसामयीक विषयमा बोल्नुभएको थियो ।
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रेमराज पौडेलको अध्यक्षतामा भएको अन्तरक्रियामा सहभागिलाई स्वागत उपाध्यक्ष सुरेन्द्र गौडेलले गर्नुभएको थियो भने संचालन सचिव राधाकृष्ण डुम्रेले गर्नुभएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks