१२ बुदे समझदारी देखी पटक पटक भएका समहति र सम्झौताहरुको माओवादीले पालना नगरेको
यज्ञमूर्ति/दिपक पाल्पा ३ फागुन
नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले वर्तमान गठबन्धन सरकार कमजोर नभैसकेको बताएका छन् । नेपाली कांग्रेस निकट प्रेस युनियन पाल्पाले सोमवार पाल्पाको तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता देउवाले माधव नेपाल नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने गरि काँग्रेस असन्तुष्ट नरहेको प्रष्ट पारे । ‘सरकारसंग हाम्रा धेरै असन्तुष्टि छन् ।' पत्रकार माँझ देउवाले भने, ‘तर माधब नेपाललाई पल्टाएर अर्को सरकार बनाउने तहको असन्तुष्टि चाँही होइन। उनले एमालेसंग छलफल गरि असन्तुष्टि मेटाउने बताए।‘एमालेका साथीहरुसंग बसेर हामी छलफल गर्छौ।' नेता देउवाले भने । देउवाले एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नै माओवादी लडाकुको संख्या पाँच/ छ हजार मात्र भएको बताएको खुलसा गर्नुभएको छ ।
तत्कालिन सात राजनितिक दल र माओवादी बिच भएको शान्ति वार्ताका क्रममा माओवादी अध्यक्ष प्रचण्डले आफ्ना लडाकुको संख्या पाँच/छ हजार मात्र भएको बताएको दावि गर्दै काँग्रेस नेता देउवाले त्यसमध्ये मापदण्ड पुरा गरेका माओवादी लडाकुलाई मात्र शुरक्षा निकायमा समायोजन गर्न सकिने बताउनु भयो । लडाकु व्यवस्थापन र वाइसिएल अर्धसैनिक संरचना भंग गरेर मात्रै संबिधान बन्ने देउवाले प्रष्ट पारे। ‘पहिलो कुरा डरत्रास हट्नु पर्यो । त्यस्का लागि लडाकुलाई थन्को लगाउनु पर्छ र वाइसिएलको ब्यारेकीय संरचना भंग गर्नु पर्छ ।'१२ बुदे समझदारी देखी पटक पटक भएका समहति र सम्झौताहरुको माओवादीले पालना नगरेको बताउदै उहाँले माओवादी लडाकुको व्यवस्थापन र वाई.सिं.एल.को अर्धसैनिक संरचना भंग नभए सम्म मुलुकमा शान्ति कायम हुन नसक्ने बताउदै उहाँले शान्ति विना घोषणा हुने नयाँ संविधानको कुनै अर्थ नरहने टिप्पणी गर्नुभयो।
उच्च स्तरीय राजनैतिक संयन्त्रमा संविधान सभामा प्रतिनिधित्व गर्ने सबै दललाई समावेश गर्नु पर्ने विचार व्यक्त गर्दै त्यसो हुन नसके संयन्त्रको काम प्रभाकारी हुन नसक्ने दावि गर्नुभयो। पत्रकार भेटघाट कार्यक्रम प्रेस युनियन पाल्पाका अध्यक्ष जगदीश भट्टराईको अध्यक्षता र चुरामणी पाण्डेको सञ्चालनमा भएको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks