काठमाडौं, २८ माघ (दैनिकी)
आसन्न बारौं महाधिवेशको परिवर्तित कार्यतालिका अनुमोदका लागि नेपाली काग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टि केन्द्रीय कार्यलय सानेपामा अपरान्ह ३ बजेपछि बस्ने बैठकले पदाधिकारि बैठकले तय गरेको महाधिवेशनको कार्यतालिका माथि छलफल गरि अनुमोदनगर्ने पार्टि महामन्त्री विमलेन्द्र निधिले जानकारि दिनुभयो ।
पदाधिकारिको हिजोको बैठकले २७ जेठका लागि महाधिवेशनको नया मिति प्रस्ताव गरेकोछ । यस अघि १२ औ महाधिबेशन फागुन २६ देखि चैत्र १ गते सम्म राजधानीमा गर्नै कार्यतालिका तय भएपनि कतिपय जिल्ला तथा नगर कमिटिमा विवाद कायमै रहेको सकि्रय सदस्यता वितरण लगागतका कार्यपुरा हुन नसकेको जस्ता अवस्थालाई मध्यनजर गर्दे बैठक सार्ने निर्णय भएको थियो ।
आजको बैठकमा विभिन्न जिल्ला तथा नगर कमिटिमा देखिएको विवाद निरुपण कि्रयाशिल सदस्यता वितरण लगायतका विषयमा पनि छलफल हुने निधिले जानकारि दिनुभयो। विभिन्न जिल्ला तथा नगरकमिटिमा देखिएको विवाद निरुपणका लागि उपसभापति प्रकाशमान िसंह संयोजकत्वको समिति गठन गरिएको भएपनि अझै १५ स्थानमा विवाद कायमै रहेकोछ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks