Loving nepal news

Thursday, February 4, 2010

ऋषी हत्या प्रकरण


'एमाले कार्यकर्ता र ड्राईभरको छानविन गरिनुपर्छ’
दीपक बुढा सुर्खेंत, २१ माघ।

नेकपा एमाले सुर्खेत क्षेत्र नं. १ का नेता ऋषीप्रसाद शर्मा हत्या प्रकरणमा दोषि ठहरिएका मोतिलाल वि.कले हत्या प्रकरणमा आफु निर्दोष भएको दावि गरेका छन् । 'म निर्दोष छु, ऋषि शर्मा हत्या प्रकरणका बारेमा एमालेका सम्पूर्ण कार्यकर्तालाई थाहा छ पहिले उनीहरुलाई अनुसन्धान हुनुपर्छ । त्यसपछि र्डाईभरलाई अनुसन्धान गरिनुपर्छ ।’ उनको भनाई थियो ।
जिल्ला अदातल सुर्खेतका जिल्ला न्यायाधीस कृष्णबहादुर थापाको इजलासमा माघ १९ गते भएको फैसलामा हत्याको घटनामा दोषि ठहर गर्दै विकलाई सबस्व हरण सहितको आजिवन कारावास सजाय तोकिएको छ ।
मूलुकी ज्यान सम्बन्धी महलको १३-१ बमोजिम सबस्व हरण सहित आजिवन कारावसको सजाय सुनाईएको र घटनामा संलग्न भएको आशंकामा थुनामा रहेका मैतडाकै रामबहादुर वि.सीलाई भने सफाई भएको जिल्ला अदालत सुर्खेतका अधिकृत शिवप्रसाद पराजुलीले जानकारी दिएका छन् ।
हत्या प्रकरणमा अदालतले दोषि ठहर गरेका विकले विहिबार सुर्खेत कारागारमा पत्रकार सम्मेलन गर्दै आफुलाई राजनीतिक दल, प्रहरी प्रशासनको मिलेमतोमा फर्साईयको दावि गरेका थिए ।
घटनाका दोषिलाई राजनीतिक संरक्षण भैरहेको बताउँदै न्यायका लागि आफु पुनरावेदन अदालत हुदै सर्वोच्च अदालत सम्म पुग्ने बताएका छन् । ऋषि शर्मा हत्या घटनाको वास्तविक पत्र गोप्य रुपमा एमाले निकटको शिक्षक संगठनका नेता डण्डीप्रसाद शर्मालाई दिएको भएपनि त्यसको कुनै सुनुवाई नभएको विकले खुलासा गरेका छन् ।
राजनीतिक दलहरु आफ्नो स्वार्थपुरा गर्नका लागि घटनाका दोषिलाई कार्वाहि गर्नुभन्दापनि अंझ संरक्षण गर्ने, निर्दोषलाई फसाउने गरेको उनको भनाई थियो ।
बाजुरा घरभै २०५६ साल देखि प्रहरी सेवामा लागेका मोति वि.क संविधान सभा निर्वाचनका क्रममा संविधान सभा उमेदवार ऋषि शर्माका अंगरक्षक रहेका थिए ।
संविधान सभा उमेदवार ऋषि शर्माको संविधान सभा चुनाव प्रचार-प्रसारका क्रममा चैत्र २६ गते मैनतडाको लोदेमा हत्या भएको थियो ।
घटना भए लगत्तै भएका तोडफोड, हातपात, आगजनीमा नेपाली काँग्रेसका तर्फाट १६ र नेकपा एमालेबाट १४ प्रशासनमा जाहेरि दर्ता भएका थिए । नेपाल सरकारले ती सम्पूर्ण मुद्धाहरु फिर्ता लिईसकेको छ । वर्तमान समयमा एमाले नेतृत्वको सरकार भएपनि आफ्ना नेताको हत्या प्रकरणका घटनाहरुमा निस्पक्ष छानविन सहित दोषिलाई कार्वाहि गर्न सकेको छैन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks